back
CTIZAN AD

मगर सांस्कृतिक महोत्सव सुरु

वि.सं.२०७३ फागुन १६ सोमवार

1.2K 

shares

 १६ फागुन,फलेवास (पर्वत) । पछिल्लो समय लोप हुँदै जान थालेका मगर समुदायको कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पर्वतमा मगर सांस्कृतिक महोत्सव सुरु भएको छ ।

३५ औँ मगर दिवसको अवसरमा पर्वतमा क्रियाशील पुन युवा क्लबको आयोजनामा आइतबारदेखि महोत्सव सुरु भएको हो । पछिल्लो समय लोप हुँदै जान थालेका मगर संस्कृति, सोरठी, सालैजो, यानिमाया, सुनिमाया, ठाडो भाकालगायत मगर वेषभूषा, मगर समुदायमा प्रचलित खानाका परिकार, पहिरन तथा पोसाकको प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । पर्वत सदरमुकाम कुश्माबजारमा सञ्चालित उक्त महोत्सव फागुन २१ गतेसम्म सञ्चालन हुने भएको छ ।

महोत्सवमा लोपोन्मुख सोरठी नृत्य प्रतियोगिता, सालैजो भाका प्रतियोगिता, विभिन्न मगर संस्कृति र परम्परागत नृत्य प्रतियोगिता, प्रौढ भलिबल, प्रौढ बास्केटबल, पुरुष भलिबल, महिला भलिबल जस्ता खेलकुदका प्रतियोगिता आयोजना गरिएको छ । त्यस्तै मगर संस्कृतिका खानाका परिकार, वेषभूषा, पहिरहनको प्रदर्शन, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर छममाया पुन र सागर पुनद्वारा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको पुन युवा क्लबका अध्यक्ष कृष्ण पुनले जानकारी दिनुभयो ।

महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि रहने भएका छन् । आइतबारदेखि सुरु भएको महोत्सवका कारण सदरमुकाम कुश्माबजारमा चहलपहल बढेको छ । गाउँगाउँमा रहेका मगर समुदाय आ–आफ्नो गाउँको पहिचानसहित सदरमुकाम कुश्माबजारमा ओर्लिएका छन् ।

महोत्सवको सांसद अर्जुनप्रसाद जोशीले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै सांसद जोशीले सबै जातजाति, समुदाय, वर्ग, लिङ्ग र जातजातिका अधिकार सुनिश्चित नभएसम्म देशमा विकासको सपना पूरा नहुने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसाल, पूर्व सभापति लालकाजी गुरुङ, नेकपा (एमाले)का जिल्ला अध्यक्ष पदम गिरी, नेकपा (माओवादी केन्द्र)का शङ्कर गिरी, राप्रपाका जिल्ला अध्यक्ष ईश्वर गिरी, जनमुक्ति पार्टीका अध्यक्ष ओम रोका, नेपाल परिवार दलका जिल्ला अध्यक्ष समीक्षा शर्मा, नयाँ शक्ति पार्टीका नवीन चोचाङ्गी मगर, निमित्त प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्मा, नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष छविलाल तिवारीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

वि.सं.२०७३ फागुन १६ सोमवार ०६:१२ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...