back
CTIZAN AD

किसान भालु भगाउन रातभर जाग्राम, एक्लै हिँड्नसमेत सकस

वि.सं.२०७८ असोज ५ मंगलवार

1K 

shares

खलङ्गा । किसान भालु भगाउन रातभर जाग्राम बस्न थालेका छन् ।

मकै पाक्ने याम सुरु भएसँगै जुम्लाका किसान यतिबेला भालु भगाउन रातभर जाग्राम बस्न थालेका हुन् । तिला गाउँपालिकाका किसान बारीमा पाक्न लागेको मकै सुरक्षित गर्न रातभर बारीमै जाग्राम बस्ने गरेको बताउँछन् । बारीमा लगाएको मकैबाली जोगाउन रातभर जाग्राम बस्ने गरेका हुन् ।

सो गाउँपालिका–६ का स्थानीयवासी नरिमान रावतले भने, “भालुले मकै सखाप पार्न थालेपछि किसान मकै बारीमै बस्न थालेका छन् ।” यहाँको प्रमुख बाली भनेकै मकै हो । मकै उत्पादन भएको खण्डमा खान समस्या हँुदैन । यही मकै भालुले सकाउन थालेपछि किसान चिन्तित छन् ।

एक त अन्नबाली उत्पादन कम हुन्छ । त्यसमा पनि वन्यजन्तुले दुःख दिने गरेका छन् । अधिकांश किसानले खेतबारी वरिपरि मान्छेजस्तै ‘भ्याउने’ बनाएर राख्ने गरेका छन् । पछिल्लो समयमा भालुको तीव्र चहलपहल बढेपछि किसानले जङ्गल नजिकैको बारीमा खेती गर्नसमेत छाडेको स्थानीयवासी रावतले बताए ।

भालु भगाउनका लागि हरेक बारीमा तर्साउने वस्तु राखिएको छ । भालु आउने बाटो पहिचान गरेर पासो थाप्नेदेखि भाँडाकुँडा बजाएर भगाउने काम चलिरहेको छ । कहिलेकाहीँ थाल र जस्तापाता बजाएर भालु बारीमा पस्न नदिने प्रयास जारी नै छ । भालु नियन्त्रणमा लिन सकिने अवस्था छैन । बारीमा एक्लै हिँड्नसमेत सकस हुने गरेको छ ।

दिउँसो मानिसको चहलपहल हुने भएकाले भालु बारीमा पस्न डराउँछ । रातिको समयमा बारीमा बस्छ । बारीमा कुकुर बाँधेर राख्ने, मकै बारीमा पाल टाँगेर बस्ने गरिएको छ । अहिले किसानलाई मकै बचाउन भ्याइनभ्याइ छ । वर्षेनी भालुले बालीमा नोक्सानी पुर्याउन थालेपछि गाउँका केही स्थानीयवासीले मकै अन्नबाली लगाउन छाडेको यहाँका स्थानीयवासी बताउँछन् ।

मकै बारीमा भालु पसेर नष्ट गर्न थालेपछि किसानले भालु नियन्त्रणमा लिएर बाली जोगाइदिन माग गरेका छन् । जिल्लाभर भालुको बिगबिगी बढेको छ । यहाँका स्याउ बगैँचा, मौरीको घारदेखि मकैबालीमा भालु पस्नाले निकै समस्या गरिरहेको किसान बताउँछन् ।

यसअघि आहारा खोज्दै भालु जुम्ला सदरमुकाम खलङ्गा बजारमा पसेको थियो । त्यो बेला सदरमुकामको मुटुमै दुई जनालाई आक्रमण गरेको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा भालु मारिएको थियो । पछिल्लो समयमा गाउँ आसपासका क्षेत्रमा भालु प्रवेश गर्न थालेपछि एक्लै दुक्लै हिँड्नसमेत गाह्रो हुने गरेको स्थानीयवासी बताउँछन् ।

वि.सं.२०७८ असोज ५ मंगलवार ११:०६ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...