५ असोज, काठमाडौँ । कृषी विकास बैंकले बाँके जिल्लाको पिपरीमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाका उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गरेका छन् ।
नयाँ शाखा कार्यालयबाट अब स्थानिय बासिन्दाले सरल र सहजै रुपमा बैंकिङ सुविधा पाउने विश्वास बैंकले राखेको छ । उक्त शाखाबाट कृषकलाई आवश्यक पर्ने मल, विउ र अन्य सामाग्री खरिद गर्न र नगद भुक्तानी दिन र लिन समेत सहज हुने बैंकले जनाएकाे छ । कृषकको हित र सहजताको लागि कृषि क्षेत्रलाई प्रविधि मैत्रि बनाउन बैंकले क्रेडिट कार्ड समेत संचालनमा ल्याएको छ ।
वि.सं.२०७८ असोज ५ मंगलवार १६:३० मा प्रकाशित





























