back
CTIZAN AD

लमजुङमा रु तीन करोड विद्युत् बक्यौता उठ्न बाँकी

वि.सं.२०७८ असोज ५ मंगलवार

708 

shares

लमजुङ, जिल्लामा विद्युत्को रु तीन करोड बक्यौता उठ्न बाँकी रहेको छ ।

लमजुङ विद्युत् उपभोक्ता संस्थाको रु दुई करोड र पश्चिम लमजुङ उपभोक्ता समितिको रु एक करोड बक्यौता उठ्न बाँकी छ ।

नेपाल विद्युत् प्राधिकरण केन्द्रका प्रमुख यमकुमारी गुरुङका अनुसार केन्द्र प्रमुख गुरुङका अनुसार पश्चिम विद्युत् उपभोक्ता समितिले २०७२ सालसम्म रु २८ लाख बक्यौता तिर्न बाँकी थियो । त्यसयता समितिले बक्यौता तिरेको छैन । “दुई पटक पत्राचार गरिसकेका छौँँ, बक्यौता तिर्न मानेको छैन”, उनले भनिन् ।

लमजुङ विद्युत् उपभोक्ता समितिले गत वर्षदेखि बक्यौता तिर्न थालेको हो । सो संस्थाले सुरुआतमा रु ३२ लाख, दोस्रो पटक रु २५ लाख तथा पछिल्लो समय रु सात बक्यौता तिरेको गुरुङले जानकारी दिइन्।

विसं २०७२ मा लमजुङ वितरण केन्द्र स्थापना भएको हो । स्थापनाताका लमजुङ विद्युत् उपभोक्ता संस्थाले रु तीन करोड १२ लाख र पश्चिम विद्युत् उपभोक्ता समितिले रु २८ लाख बक्यौता तिर्न बाँकी थियो ।

जिल्लामा बिजुली उपभोक्ता समितिले वितरण गर्दै आएको छ । समितिले लमजुङ र तनहुँको केही भागमा गरी करिब ३० हजार सेवाग्राहीलाई बिजुली उपलब्ध गराएको छ । तनहुँको साविकको चिसोपानी, रुपाकोट र पुरनकोटका दुई हजार ७०० परिवारले बिजुली प्रयोग गर्दै आएका छन् ।
रासस

वि.सं.२०७८ असोज ५ मंगलवार १६:१६ मा प्रकाशित

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...