अमेरिका । मगर संघ अमेरिका डि.एम.भी च्याप्टरको अध्यक्षमा ललित तिलिजा मगर चयन भएका छन् ।
च्याप्टरको हालै सम्पन्न संघको दोस्रो अधिबेशनले कार्यसमितिको उपाध्यक्षमा शेरबहादुर थापा मगर, सचिवमा प्रविण पुन मगर, सहसचिवमा रुपा थापा मगर, कोषाध्यक्षमा अमृत राना मगर, सहकोषाध्यक्षमा कल्पना सारु मगरलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा कुश्मा सुर्यवंशी मगर, भिमा शेरपुन्जा पुन मगर, चरिश्मा आले मगर, दिपक थापा मगर, चेत राना मगर, सन्दीप सेरपाजा पुन मगर, जनक पुन मगर, नन्दलाल दर्लामी ‘नन्दु’ र संस्कृति संयोजक खिम बहादुर मश्राङ्गी मगर चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई मगर संघ अमेरिकाका अध्यक्ष कुदलीप राना मगरले बधाई तथा कार्यकाल सफलताको कामना गरेका छन् ।
वि.सं.२०७८ असोज ५ मंगलवार १६:१४ मा प्रकाशित






























