back
CTIZAN AD

आज देशैभरी थपिए १३३० कोरोना संक्रमित, ५ जनाको मृत्यु

वि.सं.२०७८ असोज ५ मंगलवार

1.1K 

shares

५ असोज, काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढीरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३०० जना संक्रमित भएका छन् भने निको हुनेको संख्या १८३० रहेको छ ।

पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १३ हजार ६२२ वटा नमुना परीक्षणमा देशैभरी १३३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका १३३० संक्रमितसँगै देशमा हालसम्म संक्रमित हुनेको संख्या ८ लाख ७५ हजार ९५५ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १८३० जना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १८३० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ५४ हजार पुगेको छ ।

त्यस्तै आज देशैभरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ५ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५३ पुगेको छ । केही दिनयता मृत्यु हुनेको संख्यामा पनि कमी आइरहेको छ ।

नेपालमा हाल २१ हजार ५२४ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २० हजार १६४ जना होमआइसोलेशन र १३६० जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।

हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ३३५ र भेन्टिलेटरमा १०७ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

नेपालमा हालसम्म ६२ लाख ३० हजार ८२३ जनाले पहिलो मात्रा र ५६ लाख २८ हजार ७९२ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् । पछिल्लो २४ घण्टामा ५५ हजार २४२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 

 

वि.सं.२०७८ असोज ५ मंगलवार १६:३१ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...