back
CTIZAN AD

कविता : सखी

वि.सं.२०८३ असार ६ शनिवार

732 

shares

कल्पना अधिकारी,टोखा, काठमाडौँ

साथ तिम्रो मिलेकैले जिएकी छु म कल्पना ,
बुझिनौ प्राण प्यारीले मनको स्वच्छ भावना।
तिम्रो घुर्की सुनेँदेखि लेखनीको सुक्यो मसी,
छोडेर कसरी जान्छ्यौ भन हे! कविता सखी।१।

तँ अल्छी छस् सधैँ भन्छ्यौ गर्छेस् तँ अपहेलना,
बुझिनौ कविता साथी मेरो अन्तर वेदना ।
तिमी आए खुसी हुन्थेँ पोख्थेँ माया भने जति,
छोडेर कसरी जान्छ्यौ भन हे! कविता सखी।२।

रानी झैँ सुन्दरी प्यारी सहेली दौँतरी थियौँ ,
तिमीले साथ छोटेर बिरानी किन भैदियौ।
सपनामा तिमीलाई भेट्ता अर्पिन्छु आरति ,
भावनाकी हवेली हौ छहारी हौ तिमी सखी।३।

जिन्दगी बोझ बन्नेछ तिम्रो साथ छुटेपछि ,
संसारी बस्तुले तानी दिमाग यो भुटेपछि।
सेवा सत्कारको छैन होला लायक पारखी ,
तिमी सिपालु छौ मेरी शिक्षिका बनिद्यौ सखी।४।

खस्रो स्वभाव मेरो छ शिल्प शालीनता विना ,
चिल्लो तेल तिमी जाति म तिम्रो सामने पिना।
तिम्रो स्नेह मिले सानी कवि बन्थेँ घरै बसी ,
भाग्यमानी म नै हुन्थे मितिनी बन हे सखी।५।

यता यो देहमा रोग उता दिमाग मन्द छ ,
तिम्रो साथ मिले मात्रै जिन्दगी यो बुलन्द छ।
आऊ तिखार यो मेरो लेखनी नीरको मसी,
तिमी विना अकेली छु सघाऊ कविता सखी।६।

तिम्रो पाउ समातेर गिड्गिडाई रहेछु म ,
भोक तीर्खा हराए झैँ छट्पटाई रहेछु म।
म तिम्रो बाल साथी हुँ गरौँ मिलेर चक्चक ,
तिमीलाई खुसी राख्ने देऊ मन्त्र तिमी सखी।७।

छन्द : अनुष्टुप्

वि.सं.२०८३ असार ६ शनिवार ०५:०९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...