back
CTIZAN AD

नुवाकोटमा मध्यपहाडी लोकमार्गबारे अन्योल

वि.सं.२०७३ फागुन १७ मंगलवार

3.6K 

shares

१७ फागनु, त्रिशूली (नुवाकोट), फागुन । राष्ट्रिय गौरवको आयोजना भनिने मध्यपहाडी लोकमार्गबारेमा नुवाकोटका स्थानीय भने अन्योलमा रहेका छन् ।

राजमार्गले कति सडक सीमा कायम गर्छ भन्ने यकिन नहुँदा अन्योल छाएको उनीहरूले बताएका छन् ।

सिन्धुपाल्चोकबाट नुवाकोट हुँदै धादिङ जानेक्रममा नुवाकोटका एक नगरपालिका र १२ गाविसलाई यो राजमार्गले छुन्छ । अहिलेको योजनाअनुसार जिल्लामा तलाखु, लिखु, महाकाली, भद्रुटार, सुनखानी, थानापति, थानसिङ, सूर्यमति, खानीगाउँ, चारघरे, विदुर नगरपालिका, कल्याणपुर र सामरी गाविस हुँदै सडक धादिङ जिल्लामा प्रवेश गर्नेछ ।

सामरी, थानसिङ, महाकाली, सूर्यमति र कल्याणपुर गाविसका केही स्थानमा सडक विस्तारको काम भइरहेको छ । यो लोकमार्गले कति क्षेत्रफल जग्गा लिन्छ भन्ने जानकारी नहँुदा स्थानीय अन्यौलमा रहेका छन् ।

जिल्लामा कार्यालय भएपनि कर्मचारी कोही नभेट्दा स्थानीयले सडकसम्बन्धी जानकारीसमेत पाउन नसकेको मध्यपहाडी लोकमार्ग आयोजना प्रभावित क्षेत्रका स्थानीयले गठन गरेको गँगटे–ढिकुरे सडक सङ्घर्ष समितिका संयोजक नारायण अधिकारीले बताउनुभयो ।

“ठूला आयोजनाको जानकारी समेटिएको सूचना बोर्ड आयोजनास्थलमा राख्नुपर्ने प्रावधान भए पनि नुवाकोटमा मध्यपहाडी लोकमार्ग विस्तार हुँदै गरेका स्थानमा केही कुनै सूचना बोर्ड राखिएको छैन । कहाँ, कति, कसरी बन्ने स्पष्ट छैन”– उहाँले भन्नुभयो ।

सडक कताबाट जाने र कति जमिन ओगट्छ भन्ने यकिन नहुँदा गँगटे–ढिकुरे सडक छेउमा भूकम्पले भत्किएका घर बनाउनसमेत अन्यौल भएको अधिकारीले बताउनुभयो । मध्यपहाडी लोकमार्गले जिल्लामा चहलपहल भने ल्याएको छ । फराकिला सडक निर्माण थालिएको देखेपछि साँघुरा सडकमा दैनिकी चलाइरहेका जिल्लावासीमा अब चाहिँ केही होला भन्ने आशा भने पलाएको छ । तर सडक विस्तार गर्दा स्थानीयले जग्गाको मुआब्जा नपाउने भएका कारण उनीहरू निराश भएको थानसिङ्का विनोद पाठकले बताउनुभयो ।

लोकमार्गले आफ्नो सडक सीमा सडकको केन्द्रदेखि दायाँ २५ मिटर बायाँ २५ मिटर कायम गर्छ रे भन्ने यहाँका स्थानीयले सुनेका छन् तर सडक १० मिटर चौडा मात्र निर्माण गरिने मध्यपहाडी लोकमार्ग आयोजनामा नुवाकोट धादिङ हेर्दै आउनुभएका सिनियर डिभिजनल इन्जिनियर माधव महतले बताउनुभयो ।

महतका अनुसार सरकारले अहिले नै यो लोकमार्गको सडक सीमा निर्धारण नगरेकाले भविष्यमा राष्ट्रिय राजमार्गको अवधारणाअनुसार नै लैजान सक्छ ।

राष्ट्रिय राजमार्गको प्रावधानअनुसार विस्तार गरेमा सडक केन्द्रबाट दायाँबाया २५÷२५ मिटर छाडेर थप छ मिटरमा पनि पक्की संरचना बनाउन पाइँदैन । तर मध्यपहाडी लोकमार्गको सीमा कति कायम भन्ने सरकारले निर्णय गरी राजपत्रमा प्रकाशित नभएकाले यति नै हुन्छ भन्न नसकिने सिनियर डिभिजनल इन्जिनियर माधव महतको भनाइ छ ।

सडक विस्तारमा जग्गाको मुआब्जा दिने सरकारको नीति नै नभएको उहाँको भनाइ छ । सडक विस्तारका क्रममा घर परेमा र पुल निर्माण हुने ठाउँमा भने क्षतिपूर्ति दिइन्छ । कतिपय ठाउँमा नयाँ ट्र्याक नै खोल्नुपर्ने भएका कारण पनि स्थानीय जग्गा सडकमा धेरै जानसक्ने उहाँले बताउनुभयो ।

पूर्वमा पाँचथरको चियोभन्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म मध्य पहाडी राजमार्गको १७ सय ८६ किमीमध्ये नुवाकोटमा ६६ किमी पर्दछ ।

वि.सं.२०७३ फागुन १७ मंगलवार ०४:३१ मा प्रकाशित

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...