Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

पत्रकार महासङ्घ सिन्धुलीमा कार्की



१८ फागुन,सिन्धुली । नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्षमा होमकुमार कार्की निर्वाचित हुनुभएको छ ।

सोमबार राति सम्पन्न निर्वाचबाट प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त समूहबाट युनियनका कार्की सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हो । यस्तै महिला उपाध्यक्षमा चौतारीका विमला पाण्डे, सहसचिवमा प्रेस सोसाइटीका नवीन श्रेष्ठ र युनियनका वरुण लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ ।

खुल्ला उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा सहमति हुन नसकेपछि चौतारी र युनियनको संयुक्त समूह तथा प्रेस सेन्टरबीच निर्वाचन भएको थियो । त्यस्तै उपाध्यक्षमा टीकाजङ्ग थापा, सचिवमा विदुर पौडेल र कोषाध्यक्षमा लक्षमण घिमिरे निर्वाचित हुनुभएको छ ।

सदस्यमा विक्रम रत्न, सुजाता लामा, राधिका बुढाथोकी, जनक प्रधान, नवीनबाबु अधिकारी, धु्रवचन्द्र खड्का, पुष्कर थापा र अनिल भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ ।
यस्तै केन्द्रीय प्रतिनिधिमा सञ्जय दाहाल, द्वारिका काफ्ले, रमा कार्की, राजकुमार कार्की र श्यामहरि अधिकारी सर्वसम्मतले निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधिमा विनोद रायामाझी, उमा पौडेल, लोकहरि आचार्य, शङ्खर कार्की, बाबुराम देवकोटा, प्रवीण बुढाथोकी र अञ्जु तामाङ दिमदोङ निवाचित हुनुभएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम