back
CTIZAN AD

१२ हजार नमुना परीक्षणमा ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

657 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १२ हजार २० नमुना परीक्षणमा ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका ७७६ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ४ हजार ४४३ पुगेको छ । हाल देशैभरी सक्रिय संक्रमितको संख्या १० हजार २९६ रहेको छ ।
त्यसैगरी आज निको भएका ६२२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ८८ हजार ६३० रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ करोड ९९ लाख २२ हजार १६४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये पहिलो मात्रा खोप लगाउनेको संख्या ८६ लाख ३२ हजार २९३ रहेको छ भने दुवै मात्रा खोप लगाउनेको संख्या ६७ लाख ९ हजार ९०५ पुगेको छ ।

मन्त्रालयद्धारा जारी विवरण अनुसार पछिल्लो २४ घण्टामा ७३ हजार ४२७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

नेपालमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, जापानीज ऐष्ट्राजेनेका र स्वीडिस ऐस्ट्राजेनिका नामक खोप लगाइएको छ ।

 

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १६:१८ मा प्रकाशित

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा...

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न...

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा...

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका...

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...