back

१२ हजार नमुना परीक्षणमा ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

126 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १२ हजार २० नमुना परीक्षणमा ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका ७७६ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ४ हजार ४४३ पुगेको छ । हाल देशैभरी सक्रिय संक्रमितको संख्या १० हजार २९६ रहेको छ ।
त्यसैगरी आज निको भएका ६२२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ८८ हजार ६३० रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ करोड ९९ लाख २२ हजार १६४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये पहिलो मात्रा खोप लगाउनेको संख्या ८६ लाख ३२ हजार २९३ रहेको छ भने दुवै मात्रा खोप लगाउनेको संख्या ६७ लाख ९ हजार ९०५ पुगेको छ ।

मन्त्रालयद्धारा जारी विवरण अनुसार पछिल्लो २४ घण्टामा ७३ हजार ४२७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

नेपालमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, जापानीज ऐष्ट्राजेनेका र स्वीडिस ऐस्ट्राजेनिका नामक खोप लगाइएको छ ।

 

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १६:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

बेइजिङ । चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई)...

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...