back
CTIZAN AD

खुल्यो सवारी चालक लाइसेन्सको नयाँ आवेदन, कसरी भर्ने आवेदन ?

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

1.1K 

shares

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको छ । दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द थियो।

यातायात व्यवस्था विभागका प्रवक्ता डा। लोकनाथ भुसालले जानकारी दिएअनुसार आवेदन यसअघिको जस्तै विभागको वेभसाइटमा गएर भर्न सकिनेछ । अहिले भरेको आवेदनको पालो चार÷पाँच महिनापछि आउने उनले जनाए ।

कसरी भर्ने ?

विभागले जनाएअनुसार सेवाग्राहीले यसअघि जस्तै विभागको वेभसाइटमा गएर आवेदन दिन सक्नेछन् । आवेदन बिहान ६ बजेदेखि राती १० बजेसम्म दिन सकिने विभागले जनाएको छ ।

फर्म भर्नको लागि विभागले बेग्लै वेभपेज बनाएको छ । विभागको साइट खोलेपछि अनलाइन सवारी चालक अनुमति पत्र प्रणाली लेखिएको लिंक क्लिक गरि त्यसपछि खुल्ने पेजमा अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा गएर विवरण भर्नुपर्नेछ ।

अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन क्लिक गरेपछि खुल्ने नयाँ पेजमा नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपी मध्य एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्नुपर्नेछ । त्यसपछि व्यक्तिगत विवरण भरेर आफूलाई पायक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्नुपर्नेछ ।

अहिले भरेको आवेदनको पालो चार/पाँच महिनापछि मात्रै आउने हुनाले सूचना हेरेर तोकिएको स्थानमा गएर ट्रायल दिनुपर्नेछ ।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १६:०५ मा प्रकाशित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...