back

खुल्यो सवारी चालक लाइसेन्सको नयाँ आवेदन, कसरी भर्ने आवेदन ?

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

183 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको छ । दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द थियो।

यातायात व्यवस्था विभागका प्रवक्ता डा। लोकनाथ भुसालले जानकारी दिएअनुसार आवेदन यसअघिको जस्तै विभागको वेभसाइटमा गएर भर्न सकिनेछ । अहिले भरेको आवेदनको पालो चार÷पाँच महिनापछि आउने उनले जनाए ।

कसरी भर्ने ?

विभागले जनाएअनुसार सेवाग्राहीले यसअघि जस्तै विभागको वेभसाइटमा गएर आवेदन दिन सक्नेछन् । आवेदन बिहान ६ बजेदेखि राती १० बजेसम्म दिन सकिने विभागले जनाएको छ ।

फर्म भर्नको लागि विभागले बेग्लै वेभपेज बनाएको छ । विभागको साइट खोलेपछि अनलाइन सवारी चालक अनुमति पत्र प्रणाली लेखिएको लिंक क्लिक गरि त्यसपछि खुल्ने पेजमा अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा गएर विवरण भर्नुपर्नेछ ।

अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन क्लिक गरेपछि खुल्ने नयाँ पेजमा नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपी मध्य एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्नुपर्नेछ । त्यसपछि व्यक्तिगत विवरण भरेर आफूलाई पायक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्नुपर्नेछ ।

अहिले भरेको आवेदनको पालो चार/पाँच महिनापछि मात्रै आउने हुनाले सूचना हेरेर तोकिएको स्थानमा गएर ट्रायल दिनुपर्नेछ ।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १६:०५ मा प्रकाशित

NABIL bank AD
सात सयले बढ्यो सुनको मूल्य, बजारमा कतिमा हुँदै छ कारोबार ?

सात सयले बढ्यो सुनको मूल्य, बजारमा कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज साताको तेस्रो दिन सुनको मूल्य बढेको छ...

बागलुङ बस दुर्घटनाका घाइतेको उपचार गर्न सरकारलाई अध्यक्ष ओलीको आग्रह

बागलुङ बस दुर्घटनाका घाइतेको उपचार गर्न सरकारलाई अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष महरा पक्राउबारे छलफल

माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष महरा पक्राउबारे छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उपाध्यक्ष कृष्णबहादुर महरा...

चालीस करोड राजस्व छली गरेको आरोपमा व्यवसायीहरूविरुद्ध मुद्दा दायर

चालीस करोड राजस्व छली गरेको आरोपमा व्यवसायीहरूविरुद्ध मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै रु...

महाधिवेशन तयारीमा जुट्न पार्टी पङ्क्तिलाई अध्यक्ष नेपालको निर्देशन

महाधिवेशन तयारीमा जुट्न पार्टी पङ्क्तिलाई अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा चयन

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा चयन

महेन्द्रनगर (कञ्चनपुर) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला...