back
CTIZAN AD

के तपाईमा पनि माइग्रेनको समस्या छ ?

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

756 

shares

स्वस्थ्यविज्ञका अनुसार जो महिलाको पेटमा चर्वि बढी हुँदै जान्छ उनीहरुमा दुब्ला महिलाको तुलनामा माइग्रेनको समस्या ३७ प्रतिशत बढ्ने बताइन्छ । एक अध्ययनका अनुसार मोटोपन कम गर्दै जानु भयो भने तपाइले यसको फरक महसुस गर्नुहुन्छ । स्वस्थ्य विज्ञका अनुसार मोटोपन बढ्दै जाँदा यसको सिधा असर माइग्रेनमा पर्दैै जान्छ ।

त्यसकारण तपाइको मोटोपन नियन्त्रण गर्न आवस्यक छ । यसको लागि नियमित योगाका साथै बिहान बेलुका सन्तुलित आहार लिनु का साथै बिहाँनको समयमा हिँड्नु पनि महत्वपूर्ण मानिन्छ । माइग्रेनका समस्या हुनेहरु जंक फुड र तनावबाट टाढा रहनु नै उत्तम हुन्छ ।

त्यस्तै एक अध्ययनका अनुसार एलर्जीको समस्या भएका मानिसहरुमा अन्य व्यक्ति भन्दा बढी माइग्रेनको समस्या पाइन्छ । एलर्जीका कारण शरीरमा तथा रसायनको पदार्थको उत्पादन हुन्छ । जसका कारण टाउको दुख्ने कारण बन्छ । एलर्जी हटाउन दिइने औषधिले माइग्रेनको समस्या ५० प्रतिशत कम हुने बताइन्छ ।

यदि तपाइमा एलर्जीको समस्या छ भने आफ्नो घर सफा राख्नुहोस् । धुलो तथा माटो भएको ठाउँमा नजानुहोस ।

बाहिरको खाना कम खानुहोस् । बाहिर निस्कदा माक्स वा कपडाले मुख छोपेर हिड्नुहोस् ।

त्यस्तै अर्को एक अध्ययनका क्रममा तापमानमा पाँच डिग्री सेल्सियस बढ्नु पनि माइग्रेनको खतरा ७.५ प्रतिशत बढ्ने विज्ञहरु बताउँछन् ।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १६:०० मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...