काठमाडाैं । १८ दिनसम्म चलेकाे महाभारतको युद्धमा लाखाैं सुरवीरहरूले ज्यान गुमाएका थिए। युद्धले कुरुक्षेत्रको धर्तीलाई रक्तरञ्जित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।
तर अनाैठाे एक सवाल उठ्ने गरेको छ, लाखाैं वीर योद्धाहरूको मृत्यु भएको थियाे भने किन कसैकाे पनि शव भेटिएन ?
रामायणबारे धेरै प्रमाणहरू भेटिन्छन् । वैज्ञानिकले श्रीरामले बनाउन लगाएकाे पुल नै भेटाएका छन् । तर, महाभारतकाे भीषण मानिएकाे युद्धकाे प्रमाण भने भेटाउन सकिएकाे छैन् ।
युद्धसँग जाेडिएका केही तथ्य यस्ता
युद्धमा मारिएका याेद्धाहरूकाे तत्कालै शवलाई अन्तिम संस्कार गरिँदा पनि केही प्रमाण नभेटिएकाे तर्क गरिन्छ । युद्धमा मारिएका विराेधी तर्फका युाेद्धाकाे शवलाई दुर्व्यवहार नगरी सम्मानपूर्वक नै परिवार वा विराेधी पक्षलाई बुझाउने गरिथ्याे ।
पौराणिक इतिहासबारे अध्ययन गर्ने विद्धानका अनुसार उत्तरायणको त्यो दिन जब भीष्म पितामाहले आफ्नो अन्तिम सास लिएका थिए, त्यसदिन युद्ध समाप्त भएसँगै कुरुक्षेत्रको भूमिलाई जलाइएको थियो ।
वि.सं.२०७८ कात्तिक ११ बिहीवार १४:०८ मा प्रकाशित

























