back
CTIZAN AD

कक्षाकोठाको छानो उडाउँदा पठनपाठन प्रभावित

वि.सं.२०७३ फागुन २० शुक्रवार

828 

shares

२० फागुन,बाबियाचौर (म्याग्दी)। हुरीबतासले कक्षाकोठा भवनको छानो उडाउँदा म्याग्दीका तीनवटा विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

बिहीबार दिउँसोको हुरीबतासले भवनमा क्षति गर्दा सयौँ विद्यार्थीको पठनपाठनमा समस्या भएको हो । भकिम्ली–२ मा रहेको मुसुङडोले, बेनपा–३ गौश्वाँराको राधाकृष्ण आधारभूत विद्यालय र अर्मन–७ नेटामा रहेको भारती प्राविको भवनको छानो हुरीले उडाएको सम्बन्धित विद्यालयले जनाएका छन् ।

विद्यालयका प्रअहरुका अनुसार जस्तापाताको छानो उडाउनुका साथै पर्खालसमेत भत्किएको छ । हावाहुरीले ज्यामरुककोट, भकिम्ली, बाबियाचौर, निस्कोट, कुहूँ, अर्मन लगायतका ठाउँका करिब ५० घरमा क्षति पु¥याएको छ । अर्मन–७ नेटामा दशवटा घरको छानो बस्न नहुने गरी उडाएको र ३५ वटा घरमा क्षति पु¥याएको त्यहाँबाट बल रोकाले जानकारी दिनुभयो । अर्मन र बाबियाचौरको सिमाना पुल्चोकस्थित एउटा घरको सबै छानो उडाएको छ ।

त्यसैगरी, बेनी नगरपालिका–३ गौश्वारामा पनि हावाहुरीले छवटा घरमा क्षति पु¥याएको चन्द्रकान्त रिजालले जानकारी दिनुभयो । इन्द्रप्रसाद शर्मा, तीर्थ मल्ल र देवबहादुर खड्काको घर पूर्णरुपमा क्षति पुगेको छ ।

भद्रबहादुर सापकोटा, रतनबम मल्ल र मनबहादुर थापाको घरमा पनि क्षति पुगेको छ । बेनी नगरपालिकाको डडुवामा रहेको केसी बाख्रा फार्मको टिनको छाप्रो र प्लास्टिकको टनेल हावाले उडाउँदा करिब रु ४० हजार बराबरको क्षति भएको सञ्चालक होमबहादुर खत्रीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय म्याग्दीले हावाहुरीले पु¥याएको क्षतिको विवरण सङ्कलन कार्य जारी रहेको जनाएको छ ।

वि.सं.२०७३ फागुन २० शुक्रवार ०५:१२ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...