Logo
१२ चैत्र २०७९, आईतवार
     Sun Mar 26 2023
E-paper
  English Edition
   Unicode
Logo

कक्षाकोठाको छानो उडाउँदा पठनपाठन प्रभावित



२० फागुन,बाबियाचौर (म्याग्दी)। हुरीबतासले कक्षाकोठा भवनको छानो उडाउँदा म्याग्दीका तीनवटा विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

बिहीबार दिउँसोको हुरीबतासले भवनमा क्षति गर्दा सयौँ विद्यार्थीको पठनपाठनमा समस्या भएको हो । भकिम्ली–२ मा रहेको मुसुङडोले, बेनपा–३ गौश्वाँराको राधाकृष्ण आधारभूत विद्यालय र अर्मन–७ नेटामा रहेको भारती प्राविको भवनको छानो हुरीले उडाएको सम्बन्धित विद्यालयले जनाएका छन् ।

विद्यालयका प्रअहरुका अनुसार जस्तापाताको छानो उडाउनुका साथै पर्खालसमेत भत्किएको छ । हावाहुरीले ज्यामरुककोट, भकिम्ली, बाबियाचौर, निस्कोट, कुहूँ, अर्मन लगायतका ठाउँका करिब ५० घरमा क्षति पु¥याएको छ । अर्मन–७ नेटामा दशवटा घरको छानो बस्न नहुने गरी उडाएको र ३५ वटा घरमा क्षति पु¥याएको त्यहाँबाट बल रोकाले जानकारी दिनुभयो । अर्मन र बाबियाचौरको सिमाना पुल्चोकस्थित एउटा घरको सबै छानो उडाएको छ ।

त्यसैगरी, बेनी नगरपालिका–३ गौश्वारामा पनि हावाहुरीले छवटा घरमा क्षति पु¥याएको चन्द्रकान्त रिजालले जानकारी दिनुभयो । इन्द्रप्रसाद शर्मा, तीर्थ मल्ल र देवबहादुर खड्काको घर पूर्णरुपमा क्षति पुगेको छ ।

भद्रबहादुर सापकोटा, रतनबम मल्ल र मनबहादुर थापाको घरमा पनि क्षति पुगेको छ । बेनी नगरपालिकाको डडुवामा रहेको केसी बाख्रा फार्मको टिनको छाप्रो र प्लास्टिकको टनेल हावाले उडाउँदा करिब रु ४० हजार बराबरको क्षति भएको सञ्चालक होमबहादुर खत्रीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय म्याग्दीले हावाहुरीले पु¥याएको क्षतिको विवरण सङ्कलन कार्य जारी रहेको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन्

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा