Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

राजदूत राईद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत



२० फागुन,काठमाडौँ । लेसोथोका लागि नेपाली राजदूत अमृतबहादुर राईले त्यहाँका राजा लेत्सिए तेस्रोसमक्ष बिहीबार राजधानी मासेरुस्थित राजप्रासादमा एक कार्यक्रमबीच आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।

सो अवसरमा राजदूत राईले राष्ट्रपति विद्यादेवी भण्डारीले राजाको सुस्वास्थ्य तथा त्यहाँका जनताको शान्ति र प्रगतिका लागि दिनुभएको बधाई तथा शुभकामना तथा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट शुभकामना दिनुभएको दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली दूतावासले जनाएको छ ।

राजा लेत्सिए तेस्रोले पनि राष्ट्रपति भण्डारीलाई शुभकामना दिनुका साथै नेपाली जनताको प्रगतिको कामना गर्नुभएको थियो ।

सो समारोहपश्चात् राजदूत राईलाई राजासँगको छोटो भेटघाटका लागि पनि बोलाइएको थियो । राजदूत राईले नेपालमा भएको राजनीतिक परिवर्तन र संविधान निर्माणबारे जानकारी दिनुभएको थियो ।

राईले त्यहाँका परराष्ट्रमन्त्री डा माम्फेनी खाकेत्ला र मन्त्रालयका मुख्य सचिव सोकोलो मैनालाई भेटी आगामी संयुक्त राष्ट्र्रसंघीय मानवअधिकार परिषद्को चुनावमा नेपाललाई सघाउन आग्रह गर्नुभएकोमा उहाँहरुले सकारात्मक रुपमा लिनुभएको दूतावासले जनाएको छ ।

राजदूत राईले उपप्रधानमन्त्री मेत्सिङसंग पनि भेटबार्ता गर्नुभएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा