back
CTIZAN AD

राजदूत राईद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

वि.सं.२०७३ फागुन २० शुक्रवार

762 

shares

२० फागुन,काठमाडौँ । लेसोथोका लागि नेपाली राजदूत अमृतबहादुर राईले त्यहाँका राजा लेत्सिए तेस्रोसमक्ष बिहीबार राजधानी मासेरुस्थित राजप्रासादमा एक कार्यक्रमबीच आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।

सो अवसरमा राजदूत राईले राष्ट्रपति विद्यादेवी भण्डारीले राजाको सुस्वास्थ्य तथा त्यहाँका जनताको शान्ति र प्रगतिका लागि दिनुभएको बधाई तथा शुभकामना तथा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट शुभकामना दिनुभएको दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली दूतावासले जनाएको छ ।

राजा लेत्सिए तेस्रोले पनि राष्ट्रपति भण्डारीलाई शुभकामना दिनुका साथै नेपाली जनताको प्रगतिको कामना गर्नुभएको थियो ।

सो समारोहपश्चात् राजदूत राईलाई राजासँगको छोटो भेटघाटका लागि पनि बोलाइएको थियो । राजदूत राईले नेपालमा भएको राजनीतिक परिवर्तन र संविधान निर्माणबारे जानकारी दिनुभएको थियो ।

राईले त्यहाँका परराष्ट्रमन्त्री डा माम्फेनी खाकेत्ला र मन्त्रालयका मुख्य सचिव सोकोलो मैनालाई भेटी आगामी संयुक्त राष्ट्र्रसंघीय मानवअधिकार परिषद्को चुनावमा नेपाललाई सघाउन आग्रह गर्नुभएकोमा उहाँहरुले सकारात्मक रुपमा लिनुभएको दूतावासले जनाएको छ ।

राजदूत राईले उपप्रधानमन्त्री मेत्सिङसंग पनि भेटबार्ता गर्नुभएको थियो ।

वि.सं.२०७३ फागुन २० शुक्रवार ०५:०९ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...