Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

मिर्गौला रोग पीडित गीतालाई सहयोग



 २० फागुन,इलाम । इलाम कोल्बुङ–२ की मिर्गौलापीडित गीता सुनुवारको उपचारार्थ वैदेशिक रोजगारमा गएका इलामेले आर्थिक सहयोग गरेका छन् । इलामेली जनसम्पर्क मञ्च साउदी अरबले सुनुवारलाई उपचार सहयोगार्थ रु ३३ हजार नौसय आर्थिक सहयोग गरेका हुन् ।

श्रीमान् टीकाराम सुनुवारले आफ्नो श्रीमती गीताको मिर्गाैला खराब भएको कारण उपचार गर्ने क्रममा आफूसँग भएको सबै सम्पत्ति सकिएपछि आर्थिक सहयोगको याचना गर्नुभएको थियो । सोही क्रममा मञ्चलाई पनि अपिल गर्नुभएको थियो ।

मञ्चका सदस्यहरूबाट सङ्कलित स्वेच्छिक सहयोग इलामेली जनसम्पर्क मञ्च साउदी अरबका सल्लाहकार निर्मल रायमाझीले उक्त सहयोग पीडितका श्रीमान् टीकाराम सुनुवारलाई पठाउनुभएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम