Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

सहारा एकेडेमीको अक्षयकोषमा रु डेढ लाख थप



२० फागुन,पोखरा । सहारा क्लब पोखराले सञ्चालन गरेको सहारा एकेडेमीको अक्षयकोषमा बिहीबार रु डेढ लाख थप भएको छ ।

पोखरा–९ नयाँबजार घर भई हाल बेलायत बस्दै आएका मीनप्रसाद गुरुङले रु एक लाख र पोखरा–९ नागढुङ्गा निवासी नरजङ्ग गुरुङले रु ५० हजार अक्षयकोषमा सहयोग गर्नुभएको छ ।

योसमेत सहारा एकेडेमीको अक्षयकोषमा हालसम्म रु एक करोड २० लाख पुगेको क्लबका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार अक्षयकोषमा रु दुई करोड पु¥याउने लक्ष्य राखिएको छ । पोखरा–१७ दोविल्लामा विपन्न र कठिन अवस्थामा रहेका १६ जिल्लाका २८ जना बालकलाई एकेडेमीमा राखेर निःशुल्क शिक्षादीक्षा र पालनपोषण भइरहेको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ