back
CTIZAN AD

कृषिका लागि ३० अर्ब प्रस्ताव

वि.सं.२०७३ फागुन २० शुक्रवार

780 

shares

२०, काठमाडौँ । कृषि विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ५९ करोड रुपैयाँ बराबरको कार्यक्रम र बजेट बाँडफाँड गरी अर्थ मन्त्रालयलाई प्रस्ताव गर्ने भएको छ । राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको बजेट सीमाभित्र रहेर मन्त्रालयले यस्तो तयारी गरेको हो । मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले यही रकमबाट जिल्ला विकास समितिको निक्षेपणतर्फका लागि तीन अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरिने जानकारी दिए ।
आगामी आवको बजेटमार्फत विभिन्न जिल्लामा भइरहेको गाँजाखेती नियन्त्रण गर्ने कार्यक्रम सञ्चालनमा ल्याउने तयारी गरिएको छ । लुकाइछिपाइ र सेटिङ मिलाएर गरिने यस्तो गाँजाखेतीका कारण मन्त्रालयले गाँजाखेती विस्थापन कार्यक्रम ल्याउन लागेको हो । मन्त्रालयले करिब १० जिल्लामा गाँजाखेती विस्थापन कार्यक्रम सञ्चालनमा ल्याउने तयारी पनि गरेको छ । पहिलो चरणमा नमुनाका रुपमा उपत्यका नजिकैको धादिङ र मकवानपुर जिल्लामा यो कार्यक्रम सञ्चालनमा आउनेछ । ‘ती दुवै जिल्लामा यो कार्यक्रमको प्रभावकारिता हेरेर अन्य जिल्लामा कार्यक्रम विस्तार हुनेछ,’ सहप्रवक्ता सापकोटाले भने । मन्त्रालयका अनुसार गाँजाखेती गर्ने स्थानीय वासिन्दालाई तरकारीखेती गर्न सिँचाइ, बिउ,प्लासिस्टक तथा टनेल र मलजस्ता आधारभुत वस्तुसम्बन्धी सुविधा प्रदान गरी गाँजाखेतीलाई विस्थापन गर्ने योेजना बनाइएको छ ।

वि.सं.२०७३ फागुन २० शुक्रवार ०४:१९ मा प्रकाशित

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रस्तावित...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...