back

कृषि पकेट क्षेत्र निर्माणका लागि एक हजार ६०० किसानले दिए आवेदन

वि.सं.२०७३ फागुन १९ बिहीवार

174 

shares
RBB AD
NTC AD

 १९ फागुन,रत्ननगर (चितवन) । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चितवनमा कृषि पकेट क्षेत्र निर्माणका लागि एक हजार ६०० किसानले आवेदन दिएका छन् ।

जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार उक्त कार्यक्रमका लागि एक हजार ६०० र कृषि ब्लकका लागि ५०० भन्दा बढी किसानको आवेदन परेको हो ।

जिल्ला कृषि कार्यालयका प्रमुख सुधीर श्रेष्ठले आएका आवेदनको छानबिन सुरु भएको र आगामी महिनामा कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो ।

उहाँले चितवनमा पकेट क्षेत्रका लागि ७० वटा क्षेत्र तय गरिए पनि १०० को आवेदन परेको जानकारी दिनुभयो । यसमा धान, मकै, तरकारी, माछा, आलु, केरा, गहुँ, सुन्तला उत्पादक किसान छन् । पकेट क्षेत्र निर्माण गर्न कम्तीमा १० हेक्टर क्षेत्रफल हुनुपर्ने उल्लेख छ ।

चितवनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि जोन, पकेट र ब्लक गरी तीन वटा कार्यक्रम सञ्चालन गरिएको छ । यसको कुल बजेट रु सात करोड ३० लाख ७७ हजार छ । कृषि ब्लकअन्तर्गत माछा र धानखेती परेको छ । पूर्वी चितवनमा धान र दक्षिण माडीमा माछाको ब्लकका लागि छुट्याइएको कार्यालयले जनाएको छ । एउटा ब्लकका लागि कम्तीमा १०० हेक्टर क्षेत्रफल आवश्यक पर्छ ।

परियोजनाअन्तर्गत झन्डै रु एक करोडको कार्यक्रम कृषि जोनका लागि आएको श्रेष्ठले बताउनुभयो । कृषि जोनअन्तर्गत पश्चिम चितवनमा तरकारी उत्पादनका लागि कार्यक्रम सुरु भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तरकारी जोन कार्यक्रमका प्रमुख सोमनाथ घिमिरेले परियोजनाबारे जानकारी दिँदै न्यूनतम ५०० हेक्टर क्षेत्रमा तरकारी उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम सुरु भएको बताउनुभयो ।

चितवनको नारायणी, चित्रवन नगरपालिका र भरतपुर उपमहानगरपालिकाका केही क्षेत्रलाई समेटेर परियोजना सञ्चालन गरिएको उहाँको भनाइ छ ।

उहाँले जुन जिल्लामा जे सम्भावना छ, त्यही जिल्लामा त्यही कृषि कार्यक्रम सञ्चालन गर्ने लक्ष्यअनुसार तरकारी जोनको रुपमा चितवनमा कार्यक्रम आएको बताउनुभयो । रासस

वि.सं.२०७३ फागुन १९ बिहीवार १३:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ सङ्क्रामक तर कम घातक

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ सङ्क्रामक तर कम घातक

काठमाडौँ । नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट...

गाउँपालिकाद्वारा उद्यमीलाई बीउ पुँजी प्रदान

गाउँपालिकाद्वारा उद्यमीलाई बीउ पुँजी प्रदान

पर्वत । पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र लघु तथा घरेलु उद्यम...

आजदेखि धुलिखेल-खावा खण्ड बन्द

आजदेखि धुलिखेल-खावा खण्ड बन्द

धुलिखेल (काभ्रेपलाञ्चोक) । अरनिका राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि...

सदनको गतिरोध अन्त्यका लागि कार्यदलमा सहमति जुटाउन प्रयास

सदनको गतिरोध अन्त्यका लागि कार्यदलमा सहमति जुटाउन प्रयास

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनमा जारी गतिरोध अन्त्य गर्न...

दूध र तरकारीमा आत्मनिर्भर बन्यो गाउँपालिका

दूध र तरकारीमा आत्मनिर्भर बन्यो गाउँपालिका

पर्वत । बिहादी गाउँपालिकाले पछिल्लो समयमा कृषि क्षेत्रमा प्रतिफल दिने...

ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व सङ्कलनसमा वृद्धि

ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व सङ्कलनसमा वृद्धि

ढोरपाटन (बागलुङ) । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक...