back
CTIZAN AD

जनकपुरको सट्टा जनकपुरधाम लेख्न आग्रह

वि.सं.२०७३ फागुन १९ बिहीवार

1.1K 

shares

१९ फागुन, जनकपुरधाम  । जनकपुरको सट्टा जनकपुरधाम अनिवार्य रूपमा लेख्न लगाउनका लागि सबै निकायमा परिपत्र पठाउन आग्रह गरिएको छ ।

प्राचीनकालदेखि नै जनकपुरधामको नामले प्रख्यात रहेकामा केही वर्षदेखि प्रशासनिक, व्यावसायिक, सरकारी र गैरसरकारी प्रतिष्ठान र विद्यालयले जनकपुर लेख्दै आएका कारण यसको पहिचानमाथि नै प्रहार भइरहेको जनाउँदै जिल्ला प्रशासन कार्यालयले सो आग्रह गरेको हो ।

विसं २०२३ भदौ १३ गते ‘नेपाल गजेट भाग–४, श्री ५ सरकारद्वारा प्रकाशित गृह पञ्चायत मन्त्रालय’को सूचनामा ‘जनकपुर नगर पञ्चायत क्षेत्रभित्रको इलाकालाई अब उपरान्त जनकपुरको सट्टा जनकपुरधाम नामकरण गर्ने’ भनी सर्वसाधारणलाई जानकारीसमेत गराइएको र त्यसपछि जनकपुरधाम लेखिँदै आएकामा केही वर्षदेखि सरकारी निकायबाट नै जनकपुर लेखनको क्रम बढेको र सोको नकारात्मक प्रभाव अन्य क्षेत्रमा परिरहेको प्रति ध्यानाकर्षण गराइएको छ ।

‘गौ संरक्षण मञ्च’ नामक संस्थाले आज जिल्ला प्रशासन कार्यालय धनुषालाई राजपत्रमा उल्लेख भएको सरकारी निर्णयलाई सबै निकायमा कार्यान्वयनका लागि ज्ञापनपत्रमार्फत आग्रह पनि गरेको छ । जनकपुर लेख्ने चलनले संस्कृति र संस्कार बिगार्ने कार्य भइरहेको जनाउँदै मञ्चका अध्यक्ष जगदीश महासेठले जनकपुरधामको संस्कृति रक्षाको पहल गर्न समेत आग्रह गर्नुभएको छ । रासस

वि.सं.२०७३ फागुन १९ बिहीवार १३:२२ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...