back
CTIZAN AD

नेपाल वायुसेवा निगमलाई सबै मिलेर उचाइमा पुर्याऔं–मन्त्री आले

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार

726 

shares

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको एक मात्र सरकारी राष्ट्रिय ध्वजाबाहक विमान नेपाल वायुसेवा निगमलाई सबै मिलेर उचाइमा पु¥याउनुपर्ने बताएका छन् ।

शुक्रवार मन्त्रलायमा आयोजना गरिएको सरकारी तथा निजी क्षेत्रका जहाज सञ्चालकसँगको छलफलमा मन्त्री आलेले देशमा निजी क्षेत्रका जहाज फष्टाएझै नेपालको एक मात्र सरकारी राष्ट्रिय ध्वजाबाहक बिमान नेपाल वायु सेवा निगमलाई सबै तह, तप्का र क्षेत्रबाट माथि उकास्न एक जुट हुन आग्रह गरे ।

“नेपालका आकासमा निजी क्षेत्र जस्तै सरकारी जहाँजले पनि उडान भरोस भन्ने मैले चोहेको हो, क्रिपया सबै मिलेर हाम्रो राष्ट्रिय ध्वजाबहाक जहाज उडाउन सबै लागि परौँ ।” मन्त्री आलेले छलफलका क्रममा भने ।

पछिल्लो समय विश्वव्यापी कोरोना महामारीका कारण पर्यटक भित्र्याउन नपाउँदा नेपालमा जहाँज सेवा सञ्चालक कम्पनी पनि समस्यामा परेको दुःखेसो हुँदाहुँदै पनि सरकारी क्षेत्रको राष्ट्रिय ध्वजाबहाक जहाजमा सञ्चालनका लागि निजी क्षेत्र सकारात्मक रहने निजी क्षेत्रका सञ्चालकहरूले प्रतिबद्धता जनाएका थिए ।

सोही क्रममा नेपालका अधिकांश पहाडी जिल्लामा रहेका विमानस्थल जहाजका लागि सुरक्षाको खतरा भएको निजी क्षेत्रका जहाज सञ्चालकको गुनासो गरे । कुनै कारण बस रातिको समयमा जहाज पार्किङमा राखिएको बेला कसैले सामान्यतया ढुङ्गा, मुडा हिर्काउँदा जहाजमा ठूलो क्षति हुन सक्ने सम्भावना भएकाले ती क्षेत्रमा तत्काल सुरक्षा व्यवस्था कडा पारिदिन उहाँहरूले मन्त्री आलेसँग आग्रह गरे ।

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १९:४२ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...