back

महरा फर्किएपछि माओवादीभित्र नारायणकाजीको बेहाल !

वि.सं.२०७८ कात्तिक २३ मंगलवार

96 

shares
NTC AD
Global IME AD

काठमाडौं । माओवादी केन्द्रभित्र पछिल्लो समय नेता नारायणकाजी श्रेष्ठ समस्यामा पर्न थालेका छन् । जसलाई घुमाउरो शैलीमा नेता श्रेष्ठले सार्वजनिक पनि गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत घुमाउरो शैलीमा पार्टी निर्णय र गठबन्धन सरकारप्रति तीव्र असन्तुष्टी पोखेका थिए ।

माओवादी केन्द्रभित्र भूमिका कमजोर पार्दै लगिएको प्रति संकेत गर्दै उनले शीर्ष नेताहरुको समूहमा आफु नपरेको समेत खुलासा गरेका छन् । गठबन्धनको बैठकलाई देखाउँदै उनले भनेका छन्, ‘प्रतिगमन बिरोधी संघर्षको समयमा गठबन्धनको सबै बैठकहरुमा उपस्थित भई छलफल गर्ने अवसर प्राप्त थियो, अनिवार्य जस्तै थियो सहभागिता । संघर्षको सफलता पछि पार्टीहरुको गठबन्धन शीर्षस्थ नेताहरुको गठबन्धन जस्तो बनेपछि भने एकाध बैठकहरुमा मात्र आमन्त्रणअनुसार भाग लिएको छु ।’

माओवादी स्रोतले बताएअनुसार अहिले नेता श्रेष्ठ माओवादीभित्र करिब भूमिका बिहिन अवस्थामा छन् । महत्वपूर्णं निर्णय लिने छलफलहरुमा प्रचण्डले उनलाई सहभागी गराउन छाडेका छन् । उनको सोधीखोजी हुन छाडेको छ ।

माओवादी स्रोतले बताएअनुसार अहिले नेता श्रेष्ठ माओवादीभित्र करिब भूमिका बिहिन अवस्थामा छन् । महत्वपूर्णं निर्णय लिने छलफलहरुमा प्रचण्डले उनलाई सहभागी गराउन छाडेका छन् । उनको सोधीखोजी हुन छाडेको छ ।

कार्यविभाजनसँगै कमजोर पारिए श्रेष्ठ

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहँदा पनि नेता श्रेष्ठको भूमिका निकै प्रभावशाली खालको थियो । नेकपा विघटन पछि ब्यूँतिएको माओवादीमा पनि महत्वपूर्णं भूमिकामै थिए । उनी माओवादीका सबै महत्वपूर्णं निर्णयमा प्रचण्ड सँगसँगै देखिने गर्दथे ।

तर, प्रवक्ताको जिम्मेवारीबाट बाहिरिएसँगै भने उनी करिब भूमिका बिहिन जस्तो देखिएका छन् । विदेश विभागको जिम्मेवारी पाएका भएपनि जुन प्रभावकारी खालको छैन् ।

उनका अनुसार अहिले माओवादीभित्र कृष्णबहादुर महरा, जनार्दन शर्मा, पम्फा भुसाल र वर्षमान पुनहरु प्रचण्डको खोजीमा पर्न थालेका छन् । महत्वपुर्णं निर्णयमा प्रचण्डले तीनै नेताहरुसँग नै परामर्श लिने गरेको उनले बताए ।

नेता श्रेष्ठ कमजोर देखिनुका पछाडि प्रचण्डको असहयोग नै मुख्य हो । माओवादीका एक स्थायी समिति सदस्य श्रेष्ठलाई प्रचण्डले वेवास्ता गर्न थालेको बताउँछन् ।

उनका अनुसार अहिले माओवादीभित्र कृष्णबहादुर महरा, जनार्दन शर्मा, पम्फा भुसाल र वर्षमान पुनहरु प्रचण्डको खोजीमा पर्न थालेका छन् । महत्वपुर्णं निर्णयमा प्रचण्डले तीनै नेताहरुसँग नै परामर्श लिने गरेको उनले बताए ।

मन्त्रीमण्डल विस्तारदेखि नै पर फालिए श्रेष्ठ

गठबन्धन नेतृत्वको सरकार बनेसँगै श्रेष्ठ उपप्रधानसहित माओवादी मन्त्रीहरुको नेतृत्व लिएर जाने तयारीमा थिए । उनले अध्यक्ष प्रचण्डसँग पनि पटक–पटक सरकारमा जाने विषयमा छलफल गरेका थिए ।

तर, माओवादीभित्र श्रेष्ठले दाबी गरेसँगै मन्त्रीहरुको नेतृत्व लिन अन्य नेताहरु पनि तम्सिए । श्रेष्ठको विकल्पमा अन्य नेताहरु उभिएसँगै प्रचण्डले ‘उपप्रधानमन्त्री’ भन्ने पद नै नराख्न प्रधानमन्त्री शेरबहादुर देउवासँग सहमति गरेका थिए ।

मन्त्रिमण्डल विस्तारको घटनापछि नै प्रचण्ड र नारायणकाजीबीच दुरी बढेको हो । जुन घटना पछि नै प्रचण्डले श्रेष्ठलाई विश्वास गर्न छाडेका छन् । उनले महत्वपूर्णं निर्णयमा श्रेष्ठको विकल्पमा महरालाई अगाडि उभ्याएका छन् ।

देउवा र प्रचण्डबीचको सहमतिअनुसार नै उपप्रधानमन्त्रीको पद नराखी मन्त्रिमण्डल विस्तार गरिएको थियो । जसप्रति सुरुदेखि नै नेता श्रेष्ठ निकै असन्तुष्ट छन् । माओवादी स्रोतले बताएअनुसार सोही घटनालाई लिएर तत्कालिन समय श्रेष्ठले ‘विद्रोह गर्ने’समेत चेतावनी अध्यक्ष प्रचण्डलाई दिएका थिए ।

मन्त्रिमण्डल विस्तारको घटनापछि नै प्रचण्ड र नारायणकाजीबीच दुरी बढेको हो । जुन घटना पछि नै प्रचण्डले श्रेष्ठलाई विश्वास गर्न छाडेका छन् । उनले महत्वपूर्णं निर्णयमा श्रेष्ठको विकल्पमा महरालाई अगाडि उभ्याएका छन् ।

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १३:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD