काठमाडौं । पुरानै अवस्थामा मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी) सम्झौता संसदबाट पास नगर्ने माओवादी केन्द्रले निर्णय गरेको छ । आज मंगलबार बसेको स्थायी समिति बैठकले सो निर्णय गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफु र प्रचण्डले मिलेर एमसीसी पास गर्छौं भनेर पत्र पठाएको भनेपछि माओवादी भित्र सो विषयले विवाद बढाएको थियो । मंगलवार बसेको स्थायी समितिको बैठकमा प्रधानमन्त्री देउवाले सार्वजनिक गरेको विषयका सन्दर्भमा नेता नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरुङ, लिलामणी पोख्रेल लगाएतले एमसीसीमा पत्र पठाउनु गम्भिर त्रुटी भएको टिप्पणी गरेका थिए । बैठकमा नेता कृष्णबहादर महराले आपसी सहमतीमा सम्झौता संसोधन नभए एमसीसी कार्यान्वयन नहुने टिप्पणी गरे ।
अध्यक्ष प्रचण्डले वैठकमा पत्रको विषय सार्वजनिक गरिएजस्तो नभएर गठबन्धनलाई तोड्ने प्रयास भएपछि संसोधन गरेर एमसीसी कार्यान्वयन गर्न आफुहरु तयार हुने भनेर पत्र पठाएको जवाफ दिएका थिए ।
वि.सं.२०७८ कात्तिक २३ मंगलवार १८:५३ मा प्रकाशित




























