back
CTIZAN AD

पहिलो सेमिफाइनलमा आज इंल्याण्ड र न्यूजिल्याण्ड भिड्दैँ, यस्तो छ सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७८ कात्तिक २४ बुधवार

777 

shares

२४ कार्तिक, काठमाडौँ । टि-२० विश्वकपको पहिलो सेमिफाइनलमा आज इंल्याण्ड र न्यूजिल्याण्ड भिड्न गईरहेको छन । इंल्याण्ड र न्यूजिल्याण्ड बिचको खेल नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ ।

इंग्ल्यान्ड समूह १ को विजेता बन्दैँ सेमिफाइनलमा प्रवेश गरेको थियो भने न्युजिल्यान्ड समूह २ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । समुह चरणमा दुवै टिमले ५ खेल खेलेका थिए जसमा दुवै टिममा ४ खेलामा जित र १ खेलमा हारको सामना गरेका थिए ।

सेमिफाइनल खेल अघि इंल्याण्ड क्रिकेट टिमका विस्फोटक ब्याट्सम्यान जेशन रोय चोटको कारणले गर्दा विश्वकपबाटै बाहिरिएका छन । उनको स्थानमा श्याम बिलिङ्स अथवा जेम्स विन्सले प्लेइङ्ग-११ मा मौका पाउन सक्छन । न्यूजिल्याण्डका भने सबै खेलाडी सेमिफाइनल खेलका लागि उपलब्ध रहने छन ।

यी दुई टिम बिच अहिलेसम्म २१ टि-२० अन्तराष्ट्रिय खेल भएको छ जसमा इंल्याण्ड १३ खेलमा जित निकाल्दाँ न्यूजिल्याण्डले ७ खेलमा मात्र जित निकाल्न सफल भएको छ । यी दुई टिम बिचको १ खेल भने रद्ध भएको थियो ।

इंल्याण्ड सम्भावित प्लेइङ्ग-११
जोस बटलर, जोनी बेयरस्टो, डेविड मलान, मोइन अली, इयोन मोर्गन (कप्तान), श्याम बिलिङ्स, लियाम लिभिङस्टोन, क्रिस वोक्स, क्रिस जोर्डन, मार्क वुड, आदिल रशिद ।

न्यूजिल्याण्डको सम्भावित प्लेइङ्ग-११
मार्टिन गप्टिल, डेरिल मिचेल, केन विलियम्सन (कप्तान), डेभोन कोनवे, ग्लेन फिलिप्स, जेम्स नीशम, मिचेल सैन्टनर, एडम मिल्ने टिम साउथी, ईश सोधी, ट्रेन्ट बोल्ट ।

वि.सं.२०७८ कात्तिक २४ बुधवार १३:०३ मा प्रकाशित