काठमाडौं । संसारमा केहि यस्ता अनौठा कुरा वा घटनाहरु हुन्छन्, जुन मानिसहरु माझ सधैँ चर्चाको विषय बन्ने गर्दछ । यस्तै एउटा ठाउँ जापानमा छ, जसलाई विश्वभर ‘सुसाइड फरेस्ट’ भनेर चिनिन्छ । यो हरियाली र सुन्दर देखिने जंगल बिहानको पैदल यात्राको लागि होइन तर संसारभरि यसको डरलाग्दो कथाहरूको लागि परिचित छ।
यो ठाउँमा अहिलेसम्म धेरैले मानिसहरुले आत्महत्या गरिसकेका छन् । मानिसहरु आत्महत्या गर्न उत्साहित हुने हुँदा यो ठाउँलाई कतिपय भूतको बास भएको भनि विश्वास गर्दछन् । यहाँ भूतले आत्महत्या गर्न बाध्य बनाउने मानिसहरुको भनाई छ ।
जापानको राजधानी टोकियोबाट केही घण्टाको दूरीमा अवस्थित यो जंगलमा आत्महत्याका घटनाहरु भईरहेका कारण सरकारले प्रवेशमै चेतावनीका बोर्डहरु टाँसेको छ । उक्त ठाउँमा ‘आफ्ना छोराछोरी र परिवारको बारेमा राम्ररी सोच्नुहोस्’, ‘तपाईंको जीवन तपाईंको आमाबाबुको बहुमूल्य उपहार हो’ जस्ता भनाईहरु टाँसिएका छन् ।

जापानको टोकियोबाट २ घण्टाको दूरीमा रहेको माउन्ट फुजीको उत्तरपश्चिममा रहेको यो जंगल ३५ वर्ग किलोमिटरको ठूलो क्षेत्रमा फैलिएको छ । यति मात्र होइन, यो जंगल यति घना छ कि यसलाई रुखको महासागर पनि भनिन्छ । यो जंगल यति घना छ कि यहाँबाट बाहिर निस्कन निकै गाह्रो छ । यससँगै जंगल यति घना भएकाले मानिसले बाटो बिर्सेर डरले आफ्नो ज्यान लिने गरेको पनि जनविश्वास छ ।

सबैभन्दा अचम्मको कुरा त यस जंगलमा कम्पास वा मोबाइल जस्ता उपकरणले पनि काम गर्दैनन् । यति मात्र होइन, कम्पास सुईले पनि यहाँ सही बाटो देखाउँदैन। यसको कारण भनिएको छ कि ज्वालामुखीबाट निस्कने लाभाले माटोको रूप लिएको छ, जसमा फलाम धेरै मात्रामा रहेको छ। चुम्बकीय फलामको कारण, कम्पास सुई सधैं चलिरहन्छ र सही बाटो देखाउँदैन। र मोबाइलमा पनि नेटवर्क छैन। जसका कारण कोही फसेमा जंगल बाहिर सम्पर्क गर्न गाह्रो हुन्छ ।
तीन सय वर्षभन्दा पुराना यस वनमा विभिन्न प्रजातिका धेरै रुखहरू रहेको बताइएको छ ।
वि.सं.२०७८ कात्तिक २४ बुधवार १४:४३ मा प्रकाशित

























