काठमाडौं । शान्तिपूर्ण धर्नाका क्रममा प्रधानन्यायाधिशले भिजलान्ते प्रयोग गरेको आरोप लगाउँदै नेपाल बार एशोसियसनले आक्रोश व्यक्त गरेको छ ।
बिहीवार सर्वोच्च अदालतको परिसरमा वकिलहरुको शान्तिपुर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप गरेको भन्दै बारले आफुहरुको आन्दोलन दबाउन प्रधानन्यायाधिशले बिचौलिया र भिजलान्ते प्रयोग गरेको भन्दै विज्ञप्तिमार्फत् आपत्ति जनाएको छ ।
‘आजको शान्तिपूर्ण विरोधशभामा प्रधानन्यायाधिशको ठाडो आदेशमा हतियार सहितका सुरक्षाकर्मीहरु अदालत भित्रै प्रवेश गराई शान्तिपूर्ण कार्यक्रममा रहेका कानुन व्यवसायीहरुमाथि अत्यधिक बल प्रयोग र हातपात गर्दा हाम्रा कानुन व्यवसायीहरु नेबाए वरिष्ठ उपाध्यक्ष अधिवक्ता डा. कुमार शर्मा आचार्य, उपाध्यक्ष अधिवक्ता रक्षा बस्याल, महासचिव अधिवक्ता लिलामणि पौडेल, पूर्व केन्द्रीय सदस्य रमण कुमार कर्ण, अधिवक्ता मुकुन्द भट्टराई लगायतका कानुन व्यवसायीहरु घाईते हुनुभएको छ ।’ बारद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भोली शुक्रवारका दिन सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनैपनि मुद्धामा बहस पैरवी नगर्ने, बेन्च बहिस्कार गर्ने र न्यायाधिशहरुलाई समेत प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर राणाले तोक्ने वा तोकेको इजलासमा नबस्न अनुरोध गर्दै भोली बिहान ९ः३० बजे नै सम्पूर्ण कानुन व्यवसायीहरुलाई बारमा उपस्थित हुन समेत अपिल गरिएको छ ।

वि.सं.२०७८ कात्तिक २५ बिहीवार १५:३८ मा प्रकाशित






























