back
CTIZAN AD

“शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” शुभारम्भ : मन्त्री र कलाकारहरु सम्माानित

वि.सं.२०७८ कात्तिक २५ बिहीवार

759 

shares

२५ कार्तिक, काठमाडौँ । लोकप्रिय डिजिटल प्लेटफर्म टिकटकमा केन्द्रित रहेर टेलिजिन रियालिटी शोको घोषणा भएको छ । शिखर नेपाल प्रा.लि.ले आयोजना गर्ने शोको नाम “शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” राखिएको छ । अभिनय, गायन, नृत्य तथा क्रियटिभ प्रस्तुतिको माध्यमबाट सहभागी हुन सकिने शो को बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको छ ।

नेपाली फिल्म क्षेत्रकी चर्चित कलाकारहरु गौरी मल्ल, रमेश उप्रेती तथा बर्षा सिवाकोटी शोको निर्णायकका रुपमा रहेका छन् । टिकटकको प्रयोग पनि सही र राम्रा कामका लागि हुन सक्छ भन्ने मान्यता राखेरै शोको निर्णयक हुन आफुहरु तयार भएको छ । प्रथम हुनेलाई कार, दोस्रो हुनेलाई मोटरसाईकल र तेस्रोलाई स्कुटर उपहारसंगै टप १० भित्र पर्ने प्रतिस्पर्धीहरुलाई समेत कम्प्युटर, क्यामेरा, टि.भि., फ्रिज, मोवाईल, घडी लगायतका उपहार दिने शोका निर्देशक हरी शर्माले पत्रकार सम्मेलनका माझ बताएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलाकारहरुलाई समेत शिखर सम्मान प्रदान गरिएको छ । अभिनेता भुवन केसी, सरोज खनाल, वरिष्ठ चलचित्रकर्मी उद्धव पौड्याल, कलाकार पुकार भट्टराई, सन्दिप अर्याल, साहित्यकार भिष्मराज फुलारा तथा संचारकर्मी सुदर्शन प्रसाद आचार्य “शिखर सम्मान २०७८” द्धारा सम्मानित भएका छन् ।

तनहु क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एकिकृत समाजवादीका सांसद रहेका श्रेष्ठलाई समेत शिखर नेपाल प्रा.लि.ले बधाई तथा सम्मान प्रदान गरेका छ । उक्त समारोहका बोल्दै मन्त्री श्रेष्ठले डिजिटल माध्यमलाई आत्मसाथ गर्दै आयोजना हुन लागेको “शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” टेलिभिजन शो निक्कै अर्थपूर्ण रहेको बताए । टिकटकका माध्यमवाट समाजमा नकरात्मकता कुराहरु मात्रै बढी प्रवाह भैईरहेको भन्ने खाल्का तिता टिप्पणीलाई “शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” तोड्ने विश्वास रहेको बताए ।

टिकटकलाई पनि कला क्षेत्रमा राम्रा प्रतिभा उत्पादन गर्ने प्लेृटफर्म बनाउंन सकिन्छ भन्ने उदेशयका साथ कार्यक्रम आयोजना गर्न लागिएको शिखर नेपालका अध्यक्ष शेखर खनालले बताए । नाईस टेलिभिजन एचडीबाट प्रशारणमा आउंने शोमा टेक प्रसाद बास्तोला निर्माताका रुपमा रहेका छन् । गायन, नृत्य, अभिनय तथा क्रियटिभ प्रस्तुति रहने भिडियो १५ सेकेण्ड देखि ३ मिनेट सम्मको हुनुपर्नेछ भने अनलाईन अडिसनको समय मंसिर मसान्त सम्म आव्हान गरिएको छ ।

वि.सं.२०७८ कात्तिक २५ बिहीवार १५:४६ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...