back
CTIZAN AD

अनौठो प्रेम कहानी : भुल्न नसकेपछि बनाए श्रीमतिकै मुर्ति र मन्दिर

वि.सं.२०७८ कात्तिक २८ आइतवार

1.1K 

shares

काठमाडौं । प्रेमसँग जोडिएका अनौठा घटना संसारभर देखिन्छन् । कतिपय पाउँदा कथा बनाउँछन् त कतिपयले गुमाउँदा ।

त्यस्तै केही यस्ता छन्, मध्य प्रदेशको शाजापुरका नारायण सिंह जसले आफ्नो प्रेमको अनौठो उदाहरण बनाएका छन् । आफ्नी श्रीमतीको मृत्युपछि नारायण सिंहले उनीप्रतिको अत्याधिक मायाका कारण उनको मन्दिर निर्माण गराए ।

अहिले हरेक साँझ बिहान नारायण सिंह र उनका छोराहरूले यो मूर्तिलाई पूजा गर्छन्। वास्तवमा उनका छोराहरू पनि चाहन्थे कि आमा यस संसारबाट गएको होस्, तर यो मूर्तिको रूपमा सधैं उनको माया रहिरहोस् ।

त्यसैले अहिले सबैले आमाको पूजा गर्छन्, याद गर्छन्।

भारतीय सञ्चार माध्यमका अनुसार शाजापुर सदरमुकामबाट ३ किलोमिटर टाढा रहेको साम्पखेडा गाउँमा बस्ने नारायण सिंहकी श्रीमती गीताबाईको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । नारायण सिंह धार्मिक स्वभावका थिए र उनी आफ्नी श्रीमतीसँग धेरै लगाव राख्थे। आमाको मृत्युपछि छोराहरू पनि निकै कमजोर भएका थिए ।

यस्तो अवस्थामा छोरा र नारायण सिंहले श्रीमतीको सम्झनामा घरबाहिर मन्दिर बनाउने सोच बनाए । श्रीमतीको मृत्युको तेस्रो दिन उनका छोराहरूले राजस्थानको अलवरमा गीताबाईको मूर्ति बनाउन अर्डर दिएका थिए । आमाको मृत्युको डेढ महिनापछि परिवारका सदस्यले आफ्नो घरबाहिर सानो मन्दिर बनाएर पूर्ण विधिपूर्वक मूर्तिलाई अभिषेक गरेका थिए ।

वि.सं.२०७८ कात्तिक २८ आइतवार १२:०६ मा प्रकाशित