काठमाडौं । नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधिश पदबाट चोलेन्द्र शम्सेर राजनीमा नदिए आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिएका छन् ।
अध्यक्ष श्रेष्ठले भोली सोमबार १० बजेदेखि साढे ११ बजेसम्म उपत्यकाका सम्पूर्ण कानुन व्यवसायीहरुलाई सर्वोच्च अदालत परिसरमा धर्नाका लागि उपस्थित हुन अनुरोध गरेका छन् ।
श्रेष्ठले प्रधानन्याधिश श्रेष्ठलाई नेपाल बार एसोशियसनले महाभियोग लगाइसकेको बताउँदै प्रधानन्यायाधिश जवराले राजीनामा नदिएसम्म आफुहरुको आन्दोलन थप शसक्त बनाउँदै लैजाने बताएका छन् ।
‘न्यायपालिकाको संरक्षकका रुपमा नियुक्त भएका चोलेन्द्र शम्शेर जवरा अहिले न्यायपालिकालाई भ्रष्टाचार, विचौलिया, विसंगति र विकृति व्याप्त गरेर न्यायापालिकालाई उहाँले ध्वस्त बनाउन खोज्नु भएको छ, त्यसैले उहाँ न्यायापालिकाको प्रधानन्यायाधिशको रुपमा रहनु भएको छैन,’ अध्यक्ष श्रेष्ठले सम्बोधनका क्रममा भने, ‘बैद्यानिक रुपमा प्रधानन्यायाधिश हुनु भएको छ अहिले पनि तर, व्यवहारिक रुपमा उहाँ प्रधानन्यायाधिशको रुपमा आउनु भएको छैन । नेपाल बार एसोशियसनले महाअभियोग लगाइसकेको छ । विधिवत रुपमा संविधान बमोजिमको महाअभियोग दल तथा प्रदेश सभाका सदस्यहरुले गर्लान । तर जति ढिला हुन्छ उहाँलाई पनि बाध्य पर्ला ।’
उनले न्यायाधिशहरुको किनबेचका लागि विचौलियाहरुलाई बाटोमा ल्याउने काम गरिएको भन्दै उसको नेतृत्वमा पूर्ण बैठक समेत बस्न नहुने बताए । उनले पहिलो अध्याय जवराको राजीनामा र दोस्रो अध्याय न्यायपालिकाको सुधार रहेको भन्दै त्यसका लागि बारले निरन्तर आन्दोलन जारी राख्ने बताए ।
यो पनि,,,
कानुन व्यवसायीको आक्रोशः आन्दोलन दवाउन प्रधानन्यायाधिशले भाडाका गुण्डा प्रयोग गरे’
बारको आन्दोलनका बीच प्रधानन्याधिशको पक्षमा युवाहरुको प्रदर्शन
वि.सं.२०७८ कात्तिक २८ आइतवार १२:३९ मा प्रकाशित






























