Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

मीनाबजार दुर्गन्धित–उपभोक्ता उच्च जोखिममा



वीरेन्द्र कर्ण, २१ फागुन, वीरगन्ज । वीरगन्जस्थित मीनाबजार कम्प्लेक्समा बिक्री हुने माछाले फैलाएको अत्यधिक दुर्गन्धका कारण आमउपभोक्ता विभिन्न रोगको सङ्क्रमणको उच्च जोखिममा छन् ।

वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको सो दुईतल्ले कम्प्लेक्सको माथिल्लो तल्लामा माछा व्यापारीले वासी एव्म सडेगलेको माछा बिक्री गर्ने तथा त्यसको आन्द्राभुँडी र कत्ला जथाभावी फाल्ने गरेका कारण मीनाबजार दुर्गन्धित भएको हो ।

दुर्गन्धका कारण यहाँ किनमेल गर्न आउने आमउपभोक्ता तथा सर्वसाधारणको टाउको दुख्ने, बान्ता हुनेलगायत स्वास्थमा प्रत्यक्ष असर हुन थालेको गुनोसो सुन्निछ । छेउमै रहेको हनुमान मन्दिरमा पूजा गर्न आउने भक्तजनपनि सो दुर्गन्धबाट प्रभावित भएका छन् ।

बजार व्यवस्थित नभएकाले दुर्गन्धका कारण नाक थुन्नुपर्ने बाध्यता रहेको छ, स्थानीय उपभोक्ता राजु खड्की, सन्नी रौनियार र विनयप्रसाद कलबारले एकै स्वरमा भन्छन्, “गर्मीको मौसम आएकाले बजार सरसफाइ नगरे हैजा फैलने सम्भावना उच्च रहेको छ ।”

मीनाबजार कम्प्लेक्सभित्र व्यापार गर्दै आएका वीरगन्ज उपमहानगरपालिका–४ का सखावत मियाँ दुर्गन्धका कारण बिरामी भई अस्पतालमा उपचार गराइरहेको गुनासो गर्दै उनका भाइ तथा माछा मासु व्यावसायी सङ्घका अध्यक्ष अन्सार मन्सुरीले सरसफाइ अभावका कारण माछाको दुर्गन्धबाट हैजा फलिने सम्भावना रहेकाले यसप्रति सम्बन्धित निकाय समयमै ध्यान पु¥याउनुपर्दछ भन्नुभयो ।

सो कम्पलेक्सभित्र २८ वटा माछा पसल तथा ६ वटा मासु पसल रहेको छ । माछाको दुर्गन्धका कारण बस्न नसकेर कतिपय व्यापारी त्यहाँबाट भागिसकेका छन् । भारतको आन्द्र प्रदेशबाट एक हप्ताको लामो बाटो तय गरी हप्तामा करिब १० क्विन्टल माछा वीरगन्ज आउने गर्छन् । गर्मी मौसम सुरु भएकाले ती माछा सड्नाले बढी दुर्गन्धित हुने गरेको छ ।

कम्प्लेक्सभित्र सरसफाइ, पानी, शौचालय र पानी निकासको अभाव, क्षमताभन्दा बढी व्यापारी बस्नुपर्ने समस्या तथा ठेकेदारको लापर्वाहीका कारण बजार दुर्गन्धित भएको गुनासो अर्का उपभोक्ता शेषमन पण्डितको छ ।

वीरगन्ज उपमहानगरपालिकासँग प्रतिवर्ष एक करोड ३० लाखमा ३ वर्षका लागि सो कम्प्लेक्स ठेक्का लिएका ठेकेदार विक्कीप्रसाद गुप्तासँग फोहर तथा दुर्गन्धबारे जिज्ञासा राख्दा उहाँले गैरजिम्मेवारीपूर्ण जवाफ दिँदै अहिले नयाँ बजार बसेको छ, बिस्तारै सबै व्यवस्था गरिनेछन् भन्नुभयो । यस सम्बन्धमा वीरगन्ज उपमहानगरपालिकाका योजनाप्रमुख प्रकाशबहादुर अमात्यले कम्प्लेक्सको भित्री भागको सरसफाइको जिम्मेबारी ठेकेदारको हो, उपमहानगरपालिकालाई बजारको बाहिरी भागको मात्र सरसफाइ गर्ने जिम्मेवारी छ भन्नुभयो ।

कम्प्लेक्सबाट निस्किने माछाको दुर्गन्धका कारण छेउछाउमा रहेका सरकारी कार्यालय तथा स्थानीयवासी र बटुवासमेत प्रभावित भएकाले सो समस्याको समाधान तत्काल गरिनुपर्ने माग मीना बजारवासीको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ