Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

जनसाँस्कृतिक महासंघमा  इश्वरचन्द्र ज्ञवाली



ishwor-chandra-gawali२१ फागुन, काठमाडौं । शुक्रबारबाट सुरु भएको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघको राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले इश्वरचन्द्र ज्ञावालीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

शुक्रबार सम्पन्न भेलाले महासंघको उपाध्यक्षमा प्रा. डा. जगदिशचन्द्र भण्डारी र रोशन जनकपुरीलाई चयन गरेको छ भने महासचिवमा हिरामणि दुःखी छानिएका छन् । महासंघको सचिवमा क्रमशः मित्रलाल पंगेनी, मोदनाथ मरहट्टा, गौरी दाहाल चुनिएका छन् भने कोषाध्यक्षमा मनोहर लामिछाने छानिएका छन् ।

महासंघको केन्द्रीय सदस्यहरुमा क्रमशः प्रा.डा. ताराकान्त पाण्डे (काठमाडौं) प्रा.डा. नन्दीश अधिकारी (काठमाडौं), स्माली (काठमाडौं), राजबहादुर कुँवर (जुम्ला), आदर्श राई (ओखलढुंगा), असल पाख्रिन (काभ्रे), विजयराज आचार्य (ललितपुर), गोपाल वैद्य (बाँके), परशुराम कोइराला (स्याङ्जा), सुशिला थापा (कास्की), अनिल श्रेष्ठ (तनहुँ), खगेश्वर भण्डारी (दाङ), चित्रबहादुर थारु (कैलाली), रविकिरण निर्जीव (चितवन), इश्वरी ओझा (चितवन), प्रतिक लामा (काभ्रे), चन्द्रा थानी (सुर्खेत), उत्तरकुमार राई (खोटाङ), दुर्गा काफ्ले (कालिकोट), पेमा लामा (सुनसरी), पूर्णबहादुर अधिकारी (चितवन), अनिश योञ्जन (काभ्रे), जय दाहाल (काठमाडौं), रामचन्द्र हुमागाईं (काठमाडौं), श्रीकृष्ण सुलु (भक्तपुर), विवि राई (इलाम), अर्जुन ढकाल (तनहुँ), आशिस सुनुवार(काठमाडौं), विमला चन्द(कंचनपुर), विष्णु न्यौपाने(काठमाडौं), शुशिल राई (ओखलढुंगा), बसन्त उप्रती(काठमाडौं), चेतन गोतामे(स्याङ्जा)लगायत चुनिएका छन् ।

भेला लगत्तै बसेको नयाँ कार्यसमितिको बैठकले मित्रलाल पंगेनीको नेतृत्वमा ३१ सदस्यीय अखिल नेपाल लेखक संघ गठन गरेको छ भने असल पाख्रिनको नेतृत्वमा २५ सदस्य रहेको अखिल नेपाल जनकलाकार संघ निर्माण गरेको छ । त्यसैगरी बैठकले खगेश्वर भण्डारीको नेतृत्वमा अखिल नेपाल ललित कला संघ र असल पाख्रिनको नेतृत्वमा सामना साँस्कृतिक परिवारको पुनर्गठन गरेको छ ।

माओवादी आन्दोलनका बीचबाट स्थापित साहित्यिक व्यक्तित्वहरु यस महासंघमा आबद्ध रहँदै आएका छन् । नेपाली माओवादी आन्दोलनको क्रान्तिकारी धारामा रहेका साहित्यिक व्यक्तित्वहरुले नेपाली नयाँ जनवादी क्रान्तिको क्षेत्रमा वैचारिक, राजनीतिक तथा साँस्कृति रुपान्तरणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ