back
CTIZAN AD

जनसाँस्कृतिक महासंघमा  इश्वरचन्द्र ज्ञवाली

वि.सं.२०७३ फागुन २१ शनिवार

1.6K 

shares

ishwor-chandra-gawali२१ फागुन, काठमाडौं । शुक्रबारबाट सुरु भएको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघको राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले इश्वरचन्द्र ज्ञावालीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

शुक्रबार सम्पन्न भेलाले महासंघको उपाध्यक्षमा प्रा. डा. जगदिशचन्द्र भण्डारी र रोशन जनकपुरीलाई चयन गरेको छ भने महासचिवमा हिरामणि दुःखी छानिएका छन् । महासंघको सचिवमा क्रमशः मित्रलाल पंगेनी, मोदनाथ मरहट्टा, गौरी दाहाल चुनिएका छन् भने कोषाध्यक्षमा मनोहर लामिछाने छानिएका छन् ।

महासंघको केन्द्रीय सदस्यहरुमा क्रमशः प्रा.डा. ताराकान्त पाण्डे (काठमाडौं) प्रा.डा. नन्दीश अधिकारी (काठमाडौं), स्माली (काठमाडौं), राजबहादुर कुँवर (जुम्ला), आदर्श राई (ओखलढुंगा), असल पाख्रिन (काभ्रे), विजयराज आचार्य (ललितपुर), गोपाल वैद्य (बाँके), परशुराम कोइराला (स्याङ्जा), सुशिला थापा (कास्की), अनिल श्रेष्ठ (तनहुँ), खगेश्वर भण्डारी (दाङ), चित्रबहादुर थारु (कैलाली), रविकिरण निर्जीव (चितवन), इश्वरी ओझा (चितवन), प्रतिक लामा (काभ्रे), चन्द्रा थानी (सुर्खेत), उत्तरकुमार राई (खोटाङ), दुर्गा काफ्ले (कालिकोट), पेमा लामा (सुनसरी), पूर्णबहादुर अधिकारी (चितवन), अनिश योञ्जन (काभ्रे), जय दाहाल (काठमाडौं), रामचन्द्र हुमागाईं (काठमाडौं), श्रीकृष्ण सुलु (भक्तपुर), विवि राई (इलाम), अर्जुन ढकाल (तनहुँ), आशिस सुनुवार(काठमाडौं), विमला चन्द(कंचनपुर), विष्णु न्यौपाने(काठमाडौं), शुशिल राई (ओखलढुंगा), बसन्त उप्रती(काठमाडौं), चेतन गोतामे(स्याङ्जा)लगायत चुनिएका छन् ।

भेला लगत्तै बसेको नयाँ कार्यसमितिको बैठकले मित्रलाल पंगेनीको नेतृत्वमा ३१ सदस्यीय अखिल नेपाल लेखक संघ गठन गरेको छ भने असल पाख्रिनको नेतृत्वमा २५ सदस्य रहेको अखिल नेपाल जनकलाकार संघ निर्माण गरेको छ । त्यसैगरी बैठकले खगेश्वर भण्डारीको नेतृत्वमा अखिल नेपाल ललित कला संघ र असल पाख्रिनको नेतृत्वमा सामना साँस्कृतिक परिवारको पुनर्गठन गरेको छ ।

माओवादी आन्दोलनका बीचबाट स्थापित साहित्यिक व्यक्तित्वहरु यस महासंघमा आबद्ध रहँदै आएका छन् । नेपाली माओवादी आन्दोलनको क्रान्तिकारी धारामा रहेका साहित्यिक व्यक्तित्वहरुले नेपाली नयाँ जनवादी क्रान्तिको क्षेत्रमा वैचारिक, राजनीतिक तथा साँस्कृति रुपान्तरणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

वि.सं.२०७३ फागुन २१ शनिवार १२:४४ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र...