Logo
१ भाद्र २०७९, बुधबार
     Wed Aug 17 2022
E-paper
  English Edition
   Unicode
Logo

शिक्षक सङ्घ लमजुङमा पुनः अधिकारी



२१ फागुन,बेँसीसहर  । नेपाली काँग्रेस निकट संस्था नेपाल शिक्षक सङ्घ लमजुङको अध्यक्षमा शिव अधिकारी निर्वाचित हुनुभएको छ ।

आज सार्वजनिक मत परिणामअनुसार कुल एक हजार ७९ मतमध्ये ५८२ मत प्राप्त गरी अधिकारी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी विष्णुहरि बास्तोलाले ४९१ प्राप्त गर्नुभएको छ ।

अधिवेशनबाट उपाध्यक्षमा सूर्यबहादुर केसी ६७५ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी विनोद कोइरालाले ३८४ मत प्राप्त गर्नुभएको छ । महिला उपाध्यक्षमा सीता बराल ६६२ मतका साथ विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी देवी रेग्मीले ३९१ मत प्राप्त गर्नुभएको छ ।

सचिव पदमा पनि अधिकारी प्यानलकै सोमराज चिलुवाल ५९७ मतका साथ निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी राजु राउतले ४५३ मत पाउनुभएको छ । त्यस्तै, अर्थ सचिवमा दिनेश चिलुवाल ५७७ मतका साथ विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी रामकृष्ण गौलीले ४५१ मत पाउनुभएको छ ।

समावेशीअन्तर्गत सहसचिव महिलातर्फ भएको प्रतिस्पर्धामा पनि अधिकारी प्यानलकै ज्ञानुमाया नखोला ५६८ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी लुब्धकुमारी पाण्डेले ४४८ मत पाउनुभएको छ ।

यसैगरी खुल्ला सहसचिवमा कामसार्की गुरुङ, अर्थ महिला सहसचिव सिर्जना गुरुङ, समावेशी सहसचिवमा दिनेश गुरुङ र रणबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।

यसैगरी, सदस्यको निर्वाचनमा अधिकारी प्यानलका उमाकान्त आचार्य, नवराज अधिकारी, वासु गुरुङ र मोहनराज घिमिरे निर्वाचित हुनुभएको छ । महिला सदस्यमा पनि अधिकारी प्यानलकै अनिता चिलुवाल, मास्यो गुरुङ र इन्दिरा कार्की निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश प्रतिनिधिमा अधिकारी प्यानलका नानुमाया रिमाल, तुलसी बराल, नवराज घिमिरे, राजिव पण्डित, कृष्णप्रसाद भण्डारी र हरिश्चन्द्र लम्साल विजयी हुनुभएको छ ।

प्रदेश पार्षदमा बास्तोला प्यानलका रमाकान्त अधिकारीले जित हात पार्नुभएको छ । सङ्घीय महाधिवेशनको ६ सिटमध्ये बास्तोला प्यानलका रत्नमान श्रेष्ठमात्र निर्वाचित भए भने बाँकी पाँच पदमा अधिकारी प्यानलकै विष्णुमाया भण्डारी, रामकृष्ण भण्डारी, शिवशङ्कर तिवारी, तीर्थराज तिवारी र सुशीला अधिकारी निर्वाचित हुनुभएको छ ।

शिक्षक सङ्घमा अधिकारी पक्षले एकाधिकार जमाउँदा बास्तोला पक्ष रक्षात्मक मात्र बन्यो । बास्तोला पक्षले २७ निर्वाचित पदाधिकारी तथा पदहरुमा दुई स्थानमा मात्र विजय हात पारेकोे छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खोटाङ । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको