back
CTIZAN AD

कञ्चनपुरमा भन्सार छलेर ल्याइँदै गरेको सामान बरामद

वि.सं.२०७८ मंसिर ३ शुक्रवार

702 

shares

कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ गुलरियास्थित पूर्व–पश्चिम राजमार्गबाट महेन्द्रनगरबाट अत्तरियातर्फ जाँदै गरेको सुपप्र ०२००२१ नम्बरको मिनीट्रकबाट प्रहरीले बिहीबार रु पाँच लाख ४३ हजार ४५० मूल्य बढीको भन्सार छली गरी ल्याउँदै गरेको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार बैतडीको सुर्नया गाउँपालिका–७ बस्ने वर्ष २१ का मिनीट्रक चालक नवीन कुँवरसहित ट्रकलाई कार्यालयमा ल्याएर सामान जाँच गर्दा बिनाबिल भारतबाट भन्सार छली ल्याएको पाइएको हो ।

ट्रकमा ल्याइएको सामानमा लेडिज सुट २७० थान अन्दाजी मूल्य रु एक लाख ८९ हजार, मिस्री १४५ बोरा अन्दाजी मूल्य रु दुई लाख ६१ हजार र पेठा मिठाई ८९ डिब्बा अन्दाजी मूल्य रु ९३ हजार ४५० बराबरको रहेको छ । बरामद सामान, ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।
रासस

वि.सं.२०७८ मंसिर ३ शुक्रवार ०७:३८ मा प्रकाशित

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...