काठमाडौं । प्रधान न्यायाधिश चोलेन्द्र शम्सेर जबराको राजीनामाको माग गर्दै आज पनि नेपाल बार एसोसियसनको नेतृत्वमा आन्दोनका कार्यत्रमहरु गरेको छ ।
प्रधानन्यायाधिश जबराको राजीनामाको माग गर्दै लामो समयदेखि विभिन्न चरणको आन्दोलन गर्दै आएका कानुन व्यवसायीले आज पनि ‘स्वतन्त्र न्यायपालिका कायम गर’, ‘भ्रष्टाचारलाई कारबाही गर’, ‘बिचौलियाका मतियार होसियार’, ‘विधिको शासन कायम गर’ भन्दै नारा लगाउँदै सर्वोच्चको प्रागंढमा उपस्थित भएका छन् ।
उनीहरुले भ्रष्टाचार मुक्त न्यायालय बनाउन आफुहरु आन्दोलनमा निरन्तर लागिरहेको बताउँदै प्रधानन्यायाधिशले सुनेर पनि कानमा तेल लगाएर गैडाको छाला जस्तो बनेर बसेको आरोप लगाए ।
‘उहाँबाट स्वच्छ न्याय हुन्छ र प्राप्त हुन्छ भन्ने आसा गर्न सकिदैन । उहाँ निर्लज्ज भएर सर्वोच्चको ढोकाबाट नभएर चोरबाटोबाट पसेर इजलासमा बस्न खोजिरहनु भएको छ । तपाईको बर्हिगमन निश्चित छ ढिलो चाँडो हुन्छ ।’ उनीहरुले भने ।
उनीहरुले नेपाली जनताको विश्वास र आस्था प्रधानन्यायाधिशले कायम गर्न नसकेको बताउँदै न्यायालयको गरिमा माथिको निर्लज्ज दृष्टिकोण र विचार लिएर पदमा बसिरहन उपयुक्त नहुने बताए । उनीहरुले बारको आन्दोलन त्यत्तिकै तुहिएर जाने नसोच्न समेत चेतावनी दिएका छन् ।
उनीहरुले जुन राजनीतिक पार्टीले जबरालाई ब्याक सर्पोट गरेको छ त्यहि दलको पत्रले उनलाई बर्हिगमन हुन बाध्य बनाउने समेत बताए । सम्मानजनक तरिकाले बर्हिगमनको बाटो कसरी लिने भन्ने अवस्था रहेको र मौका छदैमा राजीनामा दिएर सहज बर्हिगमनको बाटो अपनाउन समेत आग्रह गरेका छन् ।
वि.सं.२०७८ मंसिर ६ सोमवार ११:५४ मा प्रकाशित






























