मुगु । हिमाली जिल्ला मुगुमा पहिलोपटक बुधबारदेखि संचार घुम्ती शिबिर संचालन गरिएको छ ।
सुचना तथा प्रसारण बिभागको आयोजना र नेपाल पत्रकार महासंघ मुगु शाखाको सहकार्यमा तीन दिने घुम्ती शिबिर संचालन गरिएको हो उक्त संचार घुम्ती शिबिरमा जिल्लामा कार्यरत संचारकर्मीलाई क्षमता बिकास तालिम र प्रेस प्रतिनिधि प्रमाण पत्र बितरण नबिकरण तथा अनलाइन संचारमाध्यम दर्ता गरिने भएको छ ।
मुगु जिल्लामा कार्यरत संचारकर्मीलाई सहजको लागि संचार घुम्ती शिबिर संचालन गरिएको सुचना तथा प्रशारण बिभागका महानिर्देशक सुदिप भट्टराइले बताए । उनका अनुसार दुर्गमका संचारकर्मीको दुःख पीडालाई ध्यान दिएर गतबर्ष देखि बिभागले हिमाली जिल्लामा संचार घुम्ती शिबिर संचालन गर्दै आएको छ ।
सुचना तथा प्रशारण बिभागले मुगुमा संचालन गर्न लागेको संचार घुम्ती शिबिरले संचारकर्मी मित्रलाई थप टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । मुगुका संचारकर्मीको हितको निम्ति राज्य पहिलोपटक उपस्थित हुँदा खुशी लागेको नेपाल पत्रकार महासंघका अध्यक्ष नृपेन्द्रबहादुर मल्लको भनाई छ ।
बिभागले प्रदान गर्न लागेको क्षमता बिकास तालिम र प्रेस प्रतिनिधि प्रमाण पत्र अनलाइन संचारमाध्यम दर्ता जस्ता महत्वपूर्ण कुराले यहाका संचारकर्मीले उत्साहित भएको अध्यक्षको भनाई छ ।
वि.सं.२०७८ मंसिर ९ बिहीवार ११:२२ मा प्रकाशित






























