९ मंसिर, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएकाे छ ।
नेप्सेले नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात नेपाल इन्फ्रास्ट्रक्चरको शेयरमूल्य ३३१ रुपैयाँ ४८ पैसा कायम भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक बुधबार अन्तिम कारोबार ३५८ रुपैयाँमा भएको थियो ।
त्यसैगरी मेरो माइक्रोफाइनान्स लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजपश्चात लघुवित्तको शेयरमूल्य १२०० रुपैयाँ कायम भएको छ । मेरो माइक्रोफाइनान्सको बुधबार अन्तिम कारोबार १४४० रुपैयाँमा भएको थियो ।
वि.सं.२०७८ मंसिर ९ बिहीवार १०:५७ मा प्रकाशित





























