९ मंसिर, काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश गरी कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

वि.सं.२०७८ मंसिर ९ बिहीवार १०:३४ मा प्रकाशित




























