back
CTIZAN AD

गोप्य प्यानल बनाएर मत विभाजन गर्ने एमालेको तयारी

वि.सं.२०७८ मंसिर ९ बिहीवार

621 

shares

काठमाडाैं । नेकपा (एमाले)को महाधिवेशन शुरु हुन अब १ दिन मात्रै बाँकी रहेको छ । एमालेले महाधिवेशन कसरी सम्पन्न गर्छ भन्ने विषयलाई नेपाली राजनीतिमा यतिबेला निकै चासोका साथ हेरिएको छ । महाधिवेशनबाट नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न सक्छ वा निर्वाचन हुन्छ भन्ने विषय एमालेमा निकै महत्वपुर्ण बनेको छ । तर सन्सारन्युजलाई उच्च स्रोतबाट प्राप्त सुचना अनुसार गोप्य प्यानल निर्माण गरेर मतबिभाज गर्ने तयारीमा एमाले जुटेको छ ।

अध्यक्ष लगाएत सबै पदाधिकारी र केन्द्रिय सदस्यहरुमा आफ्नो उम्मेदवारीको दाबी रहेको भन्दै धेरै नेताहरुले विभिन्न माध्यमबाट घोषणा गर्न लागेका छन् । दाबी गर्नेहरुमा ओलीकै पुरानो समुहबाट धेरै रहेका छन्, भने अन्य समुहका नेताहरु चाहिँ चुपचाप बसेका छन् । ओलीको मात्रै २ तिहाई अधिक बर्चस्व रहेको एमालेमा पुर्व माओवादी, १० बुँदे र अन्य समुहको अस्तित्व सहमतीको प्रकृयाबाट मात्रै कायम हुन सक्ने निश्चित छ । त्यसैले ओलीले गोप्य रुपमा प्यानल निर्माण गर्ने र औपचारिक निर्वाचन गर्ने तयारी गरेका छन् ।

कसरी निर्माण हुँदैछ त गोप्य प्यानलको तयारी ?

झण्डै एमालेमा ओलीलाई सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित गर्ने, कसैले पनि ओलीसँग प्रतिस्पर्धा नगर्ने वातावरण निर्माण गर्न खोजिएको थियो । तर बिधान महाधिवेशनबाट नै उमेरको हद लगाएर आगामी अध्यक्षमा बन्देज गर्ने र अहिलेको महाधिवेशनमा सम्मानजनक उपस्थिति हुन नदिने देखिसकेपछि भिम रावलले देखाउनकै लागि मात्रै भए पनि अध्यक्षमा उम्मेदवारी दिने कुरा सार्वजनिक गरेका छन् ।

कार्यवाहक अध्यक्षको सिर्जना गरेर जिम्मेवारी दिने वा सहमतीमा वरिष्ठ उपाध्यक्ष बनाएमा अध्यक्षको उम्मेदवारी फिर्ता लिन भिम रावल तयार रहेको उनका निकटहरु बताउँछन् । धेरै लामोसमयदेखि भिन्न प्रतिस्पर्धा गर्दै आएका र पछिल्लो पार्टी विभाजन सँगै जआधार गुमाएकाले ओलीले रावलको मागलाई सम्बोधन नगर्ने निचोडमा पुगेका छन् । त्यसैले एमालेमा अध्यक्ष ओली र भिम रावलको बीचमा औपचारिक प्रतिस्प्रर्धा गराउने तयारी भएको छ । तर महाधिवेशन प्रतिनिधिको छनौटको अवस्था हेर्दा ओलीको तुलनामा रावलले नगन्य मत प्राप्त गर्ने सम्भावना देखिएको छ ।

रावल बाहेक अध्यक्षमा उम्मेदवारी ओली नै हुने र बाँकी प्यानल बनाउने तयारी अगाडि बढेको छ । स्रोतका अनुसार होमवर्क भइरहेको छ । तर अहिलेसम्म व्याक्तिहरुको विषय टुंगिइसकेको छैन् । तर ओलीले प्रतिशतको विषयमा भने संकेत गरिसकेको स्रोत बताउँछ । स्रोतका अनुसार ६० प्रतिशत पार्टी विभाजन वरिपरिको ओली समूह, २० प्रतिशत बादल समूह, १० प्रतिशत १० बुँदे समूह, अन्य ५ प्रतिशत र पार्टी प्रवेश गर्ने तयारी गरिरहेका बिक्रम पाण्डेहरु लगाएतलाई पनि ५ प्रतिशत सुरक्षित गरेर जाने तयारी भएको छ ।

भिम रावलहरु लगाएत माधव समुहबाट फर्केर आएका सबैलाई सहमतीको आधारमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव बाहेकको पदमा सुरक्षित गर्ने विषयमा करिब निर्णय भैसकेको छ । तर सो समूहबाट कसैले आफ्नो भिन्न अस्तित्व देखाउन खोजेमा भने तीनलाई आइसोलेसन गर्ने तयारी गोप्य रुपमा गरिएको स्रोतले सन्सारन्युजलाई बतायो ।

उम्मेदवारीको जे जसरी चर्चा भएतापनि अन्तिममा खास उम्मेदवारहरुलाई संकेत गरिने र बाँकी अर्को प्यानल वा स्वतन्त्र उम्मेदवार बन्ने वातावरण महाधिवेशनमा तयार गर्न खोजिएको छ । जसका कारण ओलीको एक्लै पल्लाभारी भएको एमालेमा केहि व्याक्तिहरुले बिद्रोह गरेतापनि बिजयी हुने सम्भावना भने नभएको देखिन्छ ।

ओली र विद्याको चाहनामा तानातान

पदाधिकारीमा कसलाई के जिम्मेवारी दिने भन्ने विषयमा अध्यक्ष ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको रोजाइमा तानातान भएको एमाले स्रोतले जनाएको छ । स्रोतका अनुसार पार्टीको वरिष्ठ उपाध्यक्षमा रामबहादुर थापा बादललाई चयन गर्ने चाहना अध्यक्ष ओलीले राखेका छन भने भण्डारीले इश्वर पोख्रेललाई बनाउनुपर्ने चाहना राखेकी छिन् ।

विषम परिस्थितिमा आफ्नो पार्टी नै त्यागेर साथ सहयोग दिएर आएको र बिगतमा पनि माओवादी आन्दोलनको उच्च तहको नेतृत्वमा बसेर काम गरिसकेको हिसाबले बादललाई बरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने तर्क ओलीले सारेको बताइन्छ । तर पार्टीमा असाध्यै कमजोर जनाधार भएका पोख्रेल लामो समयदेखि भण्डारीकै कारणले पार्टी र सत्ताको उच्च तहमा पुग्न सफल भएकाले यसपटक पनि उनकै साथले अगाडि बढ्ने धेरैले आंकलन गरेका छन् ।

ओली र भण्डारीको बीचमा छलफल पश्चात पदाधिकारी र सम्पुर्ण कमिटिको विषयमा टुंगो लाग्ने स्रोतको दाबी छ ।

वि.सं.२०७८ मंसिर ९ बिहीवार ११:४१ मा प्रकाशित

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...

पेरिसमा अधिकारीका एकल काव्य साँझ

पेरिसमा अधिकारीका एकल काव्य साँझ

काठमाडौँ । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली...

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक...

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...