काठमाडाैं । दिमागका लागि ओखर राम्रो खाद्यपर्दाथ मानिन्छ। यसमा भिटामिन ई प्रशस्त मात्रामा रहेको हुन्छ। यसले दिमाग तेज बनाउनका साथै शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्छ। नियमित ओखर खाने गरेमा क्यान्सर, मोटोपन, मधुमेहजस्ता रोग लाग्दैनन्। यसका साथै अनावश्यक तौल पनि बढ्दैन्।
ओखर ‘ब्रेन फुड’ अर्थात ओखरको सेवनले मस्तिष्कको विकाससहित यसलाई स्वस्थ्य राख्न सघाउ पुर्याउँछ । ओखरमा पाइने प्रचुर मात्राको पोषक तत्वले छाला र कपालसमेत मुलायम एवम् चम्किलो बनाउँछ ।
के–के पाइन्छ त ओखरमा ?
ओखरमा भरपुर मात्रामा ओमेगा ३ फ्याटी एसिड हुन्छ । साथै यसमा भिटामिन ए, बि६, बि१२, सि, डि, इ र के पाइन्छ । यो प्रोटिनको पनि राम्रो स्रोत हो । यसका साथै क्याल्सियम, मिनरल्स, म्यानेसियम, आइरन, फस्फोरस, जिंक, कपर प्रचुर मात्रामा पाइन्छ । यसमा सोडियम कम र कालोस्टर पटक्कै हुँदैन । यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो ।
यस्ता छन ओखरको सेवनबाट पाइने फाइदाहरु ?
– विद्यार्थी बर्गले ओखर सेवन गरे मस्तिष्क तेज, चुस्त र स्मरण शक्ति बढ्दछ ।
– ओमेगा ३ फ्याटी एसिड मुटुलाई स्वस्थ्य राख्नका लागि सहयोग गर्दछ ।
– फोलेट वा फालिक एसिड यसले मस्तिष्कलाई स्वस्थ्य राख्दछ ।
– एक सय ग्राम ओखरमा १५ ग्राम प्रोटिन हुन्छ जसले मांशपेशी बढाउन सहयोग गर्छ ।
– विद्यार्थी बर्गले ओखर सेवन गरे मस्तिष्क तेज, चुस्त र स्मरण शक्ति बढ्दछ ।
– ओखरमा न्युरो प्रोटेक्टिभ कम्पाउन्ड पाइन्छ जसले मस्तिष्कलाई सुरक्षा प्रदान गर्छ ।
– बिहान र मध्यान्ह २ वटा ओखर चपाएर खाएमा कोलोस्ट्रोर नियन्त्रण हुन्छ ।
– नियमित ओखरको सेवनले हृदय रोग लाग्नबाट बचाउँछ ।
– तौल नियन्त्रणका लागि ओखर उपयुक्त हुन्छ ।
– ओखर खाँदा पेट लामो समयसम्म भरिन्छ । यसले गर्दा छिटै भोक लाग्ने हुँदैन ।
– नियमित २ वटा ओखर महसँग मिसाएर सेवन गरे मस्तिष्क स्वस्थ्य हुन्छ ।
– ओखरको सेवनले स्ट्रोकको हुनबाट बचाउँछ ।
– दैनिक बिहान बेलुकी मनतातो दुधसँग २ ओखर, एउटा बदाम सेवन गरे कमजोरी हट्छ ।
– महिनावरीको समस्यामा ओखर र मह मिसाएर मनतातो दुधसँग पिएमा लाभ मिल्दछ ।
– ओखरलाई हल्का भुटेर महसँग सेवन गर्नुपर्छ, खोकी ठिक हुन्छ ।
– पेटको जुका मार्न तातो दुधसँग ओखर सेवन गरे चलन छ ।
– मनतातो पानीसँग ओखर सेवन गर्दा जोर्नीको दुखाई ठीक हुन्छ ।
वि.सं.२०७८ मंसिर ९ बिहीवार १२:२९ मा प्रकाशित



























