back
CTIZAN AD

कतार नेपाली एकता समाज महिला विभागले मनायो १०७ औं अन्तर्राष्ट्रिय महिला दिवस

वि.सं.२०७३ फागुन २२ आइतवार

855 

shares

womens-day-in-qatar

कतार नेपाली एकता समाज महिला विभागद्धारा आयोजित वृहत वनभोज तथा १०७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ ।

अमिना खानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकता समाजका अध्यक्ष लुमाकान्त पुनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा दावा लामा, खिम बूढा मगर, पुर्व कार्यवहाक अध्यक्ष टुकनाथ शर्मा, धनबहादुर परियार, अन्तर्राष्ट्रिय एकता समाजका सल्लाहाकार अर्जुन थापा मगर, वुद्धिजीवी विभागका कमल आचार्य र एकता समाजका सम्पूर्ण एरिया इकाई समितिका पदाधिकारीहरुको आतिथ्य रहेको थियो ।

2 (1)

महिला विभागकी कोषाध्यक्ष रेणुका कार्कीले कार्यक्रमको विषयमा जानकारी गराएकी थिइन । उनले भनिन् ‘नेपाली महिलाले दशकौंदेखि आफ्नो स्वतन्त्रता समान्ता र मुक्तिको लागि संगठितरुपमा संघर्ष गर्दै आईरहेका छन् । तर प्रतिकृयावादी राज्य व्यवस्थाले उनीहरुप्रति सधै उपेक्षाको निती अपनाउदै आईरहेको छ र उनीहरुमाथि भईरहेको भेदभाव अन्ययाय अत्यचार शोषण दमन अहिले पनि विद्धमान छ र महिलामाथिको हिंसा दिनानुदिन बढिरहेको छ । यसका लागि हामी महिलाहरु एकजुट हुन अति जरुरी भएको उहाँले प्रस्ट पार्नुभएको थियो ।

अन्तमा कार्यक्रम सौहाद्रपुर्ण वातावरणमा सु–सम्पन्न भएको अध्यक्ष अमिना खानले बताउदै समापन भएको घोषणा गर्नुभएको थियो ।

वि.सं.२०७३ फागुन २२ आइतवार ०७:५३ मा प्रकाशित