back
CTIZAN AD

बोस्टनमा धुर्मुस –सुन्तली अभियान सहयोग कार्यक्रम गरिने

वि.सं.२०७३ फागुन २२ आइतवार

783 

shares

dhurmus

विजय थापा ,वाशिंगटन डीसी । अमेरिकाको बोस्टनमा बसोवास गर्दै आएका समाज सेवी समूहले बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि ‘धुर्मुस –सुन्तली अभियान सहयोग कार्यक्रम ’नाम कार्यक्रम गर्ने भएका छन् ।

मातृभूमि लाई परेको दुखमा ऐक्यबद्धता र आफ्नो क्षमता अनुसार बेला बेलामा सहयोग गर्दै आई रहेका ती समूहले संचार माध्यममा बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि अर्थको संकट भन्ने जानकारी पाए पछि साथीभाई संग सल्लाह गरेर धुर्मुस –सुन्तली अभियान सहयोग कार्यक्रम गर्ने भएका हुन् ।

मानवता र सद्भाव लागि सहकार्य राष्ट्र निर्माण तपाई हाम्रो अभियान भन्ने नारा रहेको कार्यक्रमलाई सफल र भव्य बनाउन यूवा समूह बोस्टनबासी नेपाली समुदाय संग सम्पर्क र आफ्नो अभियानको प्रचार प्रसारमा जुटेका छन् ।

केहि दिन अगाडी एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड रकम अभाव भएको जानकारी धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बताए ।

पचास घर परिवार मुसहरको लागि गत पुस २५ गते बस्ती निर्माण भइरहको र, अहिलेसम्म ३६ प्रतिशत काम सकिएको छ । आगामी वैशाख १ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्य रहेको धुर्मुसले बताए । कर्म वीर धुर्मुस –सुन्तली अभियान लाई सहयोग गरौ भन्ने मुख्य उद्देश्य भएको हुँदा उठेको रकम को सत प्रतिसत धुर्मुस सुन्तली फाउन्डेसनमा जाने कार्यक्रमको आयोजना गर्ने समूह मध्येका सदस्य शिव प्रकाशले बताए ।

रात्री भोजनको प्रायोजन बोस्टन स्थित हिमालयन बिस्ट्रोले गर्ने भएको छ भने रात्री भोजन तथा सभा कक्षको लागि निशुल्क उपलब्ध हिमालयन बिस्ट्रोले गराएको शिव प्रकाशले थप जानकारी दिएका छन् ।

बोस्टन का कार्यक्रम को आयोजना गर्ने समुहले धुर्मुस सुन्तली फाउन्डेसनको लागि एकीकृत नमुना मुसहर बस्तीका लागि गो फन्ड नामक खाता खोल्नको लागि प्रक्रिया पनि अगाडी बढाएको छ । सहयोग गर्न चाहनेले उक्त फन्ड बाट पनि आर्थिक सहयोग गर्न सरल होस भन्ने हेतुले त्यस तर्फ सोच बनाईएको आयोजकले बताएका छन् ।

धुर्मुस –सुन्तली अभियान सहयोग कार्यकम गर्ने समुहमा शिव प्रकाश ,सुशील पौडेल ,निर्मला शेरचन ,राधेश्याम यादव ,सुरेश वाग्ले ,मबि सिंह ,सुन्दर गुरुङ तथा जितेन्द्र श्रेष्ठ (बम्बे मार्केट ) रहेका छन् ।

कार्यक्रम आगामी मार्च १९ तारिख बोस्टनमा हुने छ भने कार्यक्रम साँझ ७ बजे देखि ९ बजे सम्म रात्री भोज कोष वृद्धि कार्यक्रम गरिने छ । कार्यक्रम हिमालयन बिस्ट्रो रेस्टुरेन्टमा हुने छ ।

आयोजक समुहका शिव प्रकाशले बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि सहयोग गर्न सम्पूर्ण बोस्टन बासीलाई अनुरोध यसै संचार माध्यम बाट अनुरोध गरेका छन ।

आयोजक समुहका शिव प्रकाश समाज सेवी मात्र नभई लेखक पनि हन् । समाज सेवा गर्नु परेमा आफु मात्र नभई पतिपत्नी दुवै जना सहयोग गर्न ईक्षा र मन राख्दछौ भने । उनले नेपाल को भूकम्प तथा शिक्षा क्षेत्रमा समेत आर्थिक सहयोग गरि सकेका छन् ।

धुर्मुस –सुन्तली अभियान सहयोग कार्यक्रममा एक पैसा पनि खर्च काटिने छैन भन्दै संकलन भएको सम्पूर्ण रकम नेपाल पठाइने पुन स्मरण गराएका छन् ।

वि.सं.२०७३ फागुन २२ आइतवार ०८:२८ मा प्रकाशित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...