back
CTIZAN AD

हुम्लाका सामुदायिक स्वास्थ्य संस्थामा औषधि अभाव

वि.सं.२०७८ मंसिर ९ बिहीवार

945 

shares

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–८ स्थित राहदेव सामुदायिक स्वास्थ्य एकाइमा औषधि अभाव भएको छ ।

उक्त स्वास्थ्य संस्थामा करिब दुई महिनादेखि औषधि अभाव भएपछि राहदेव गाउँका स्थानीयवासी औषधोपचारबाट बञ्चित भएका छन् । “गाउँमा मौसमी फ्लुका बिरामी बढेका छन् ।

तर स्वास्थ्य संस्थामा औषधि छैन”, स्थानीयवासी मेगराज रोकायाले भने, “यसप्रति सरोकारवाला निकायको समेत ध्यान गएको छैन ।” उनका अनुसार आफू बिरामी भएको करिब दुई हप्ता भइसक्यो, स्वास्थ्य संस्थामा जाँदा सामान्य औषधि नपाएर रित्तो हात घर फर्कन बाध्य भएको छु ।

यतिखेर राहदेवको सामुदायिक स्वास्थ्य संस्थामा ज्वरो आउने, टाउको दुख्ने, बान्ता लाग्ने, वाकवाकी हुनेलगायतका बिरामीको उपचारका लागि औषधि नभएपछि उक्त क्षेत्रका स्थानीयवासी करिब दुई घण्टा लगाएर सर्केगाड स्वास्थ्यचौकीमा धाउन बाध्य भएको रोकायाको भनाइ छ ।

दुई अहेव, एक अनमी र एक कार्यालय सहयोगीको दरबन्दी रहेको उक्त स्वास्थ्य संस्था हाल सहयोगीको भरमा सञ्चालन हुँदै आएको स्थानीयवासी बताउँछन् । संस्थामा स्वास्थ्यकर्मी र औषधि अभाव भए पनि गाउँपालिकाले वास्ता गरेको छैन ।
रासस

वि.सं.२०७८ मंसिर ९ बिहीवार १६:५७ मा प्रकाशित

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...