झापा । नेपालको पूर्वी नाकामा भईरहेको तस्करीमा प्रहरीले व्यापारीसँग तोकेरै रकम असुल गरेको भेटिएको छ । प्राप्त प्रमाणअनुसार सामान स्कटिङ गरे बापत प्रहरीले प्रति व्यापारी ३ लाखसम्म मासिक रकम लिने गरेका छन् ।
चिनि, सूर्ती, कपडालगायतका सामानको तस्करीमा सबैभन्दा मोटो रकम लिने गरेको देखिन्छ । प्रहरीले गोरु तस्करीमा पनि सबैभन्दा मोटो रकम लिने गरेका छन् । प्रहरीले गोरु तस्करीमा प्रति व्यापारी २ लाखसम्म लिने गरेको भेटिएको छ ।
व्यापारीले मासिक बुझाउने रकम सिधै सशस्त्रका डिआइजीसम्म पुगेको तथ्य बताउँछ ।
कुन व्यापारीले प्रहरीलाई कति रकम बुझाउँछन् ?

(यो विवरणमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बललाई बुझाउने बहेकको रकम समावेश छैन । प्रहरी स्रोतका अनुसार तस्करीमा सशस्त्र प्रहरीका अलवा नेपाल प्रहरी र केही स्थानीयको पनि प्रत्यक्ष संलग्नता रहेको छ ।)
मोरङ र सुनसरीमा पनि उस्तै
संसार न्यूजको टिमले गरेको अनुसन्धानअनुसार झापामा मात्रै नभएर मोरङ र सुनसरी पनि तस्करहरुको केन्द्र बनेको छ । विशेष गरेर तस्करहरुले भारतको सिलिगुडीबाट थान कपडा, गाडीका पार्टपुर्जाहरुको तस्करी गर्ने गरेका छन् । तस्करीमा झापाको टाँगन ढुब्बा कुटी, घेराबारी, मोरङको डोमरीया कटारी तथा सुनसरीको लौकही भण्टाबारी नाकाको बढी प्रयोग हुने गरेको पाइएको छ ।
मोरङमा भईरहेको तस्करीको विषयमा हामीले सशस्त्र प्रहरी उपरिक्षक (एसपी) तिर्थराज पौडेलसँग सम्पर्क गरेका थियौं । उनले तस्करीको बारेमा नयाँ कुरा आएको भन्दै तस्करी नियन्त्रणमा नयाँ तरिकाले अगाडी बढ्ने बताए ।

तस्कर र प्रहरीको अनौठो साँठगाँठ
गत मसिर ४ गते आइतबार दिउँसो १ बजे हाम्रो सम्पादकको बिर्तामोड स्थित आफ्नै घरमा बसिरहेका बखत सशस्त्र प्रहरीबल झापाका घुमुवा रमेश कुँवर समाचार प्रकाशन नगर्न तथा समाचारको स्रोत बताउन आग्रह गर्दै आएका थिए ।
उनी हिँडेको केही समयमा तिलक र केशर नाम गरेका तस्कर पैसाको प्रलोभनमा पार्ने कोसिश गर्दै घरमै आइपुगेका थिए । त्यसले पनि तस्कर र स शस्त्र प्रहरिको कस्तो खालको सम्बन्ध हो भन्ने कुरामा प्रश्न उठेको छ ।
(यस खाेजसँग सम्बन्धित अन्य रिपाेर्टहरू क्रमशः प्रकाशित गरिनेछ ।)
सम्बन्धित समाचार
सशस्त्रकै स्कटिङमा पूर्वी नाकामा तस्करी, मध्यरातमा भित्र्याइन्छ भन्सार छलेका सामान
वि.सं.२०७८ मंसिर ९ बिहीवार १७:०४ मा प्रकाशित






























