Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

सशस्त्रकै स्कटिङमा पूर्वी नाकामा तस्करी, मध्यरातमा भित्र्याइन्छ भन्सार छलेका सामान



झापा । नाका भन्सारको अनुगमन र निरिक्षणमा बस्ने सुरक्षा निकाय नै भन्सार छलि गराउन लिप्त हुन्छ भन्ने सुन्दा पत्यार नलाग्ला तर, वास्तविकता यहि छ । झापाका नाकाहरुमा भन्सारमा सुरक्षार्थ खटिने सशस्त्र प्रहरी नै स्कटिङ्ग गराएर भन्सार छलिका सामानहरु नेपाल भित्र्याउने गरेको खुलासा भएको छ । संसार न्यूजको विशेष सूचनाका आधारमा गरिएको अनुसन्धानमा यस्तो फेला परेको हो । यहि अबस्था मोरङ, तथा सुनसरीमा पनि छ ।

सशस्त्र प्रहरीले प्रत्येक व्यापारीमार्फत भन्सार छलि गराए वापत मासिक लाखौं रकम दर नै तोकेर लिने गरेको भेटिएको छ । सशस्त्रले मासिक लाखौं पैसा लिने उक्त व्यापारीहरुका सामानलाई स्कटिङ्ग गर्दै नाका भित्र्याउने गरेको भेटिएको हो ।

भन्सार छलि गराउने खेलमा सशस्त्रका डिआइजीदेखि असहीसम्मका व्यक्तिहरुले दर नै तोकेर पैसा लिने गरेका छन् । उनीहरुले विशेषत मध्यरातमा भारतीय नाकादेखि नेपाल सामान भित्र्याउने गरेको भेटिएको छ ।

कुन नाकाबाट भित्रिन्छ सामान ?

स्रोतले उपलब्ध गराएको विवरणअनुसार भारतीय नाका सुपरभिट्टाबाट कुटी हुँदै झापाको पुरानोबजार राजगडबाट दैनिक २ पिकअप (३२–३८ पोका) भन्सार छलेर ल्याईएको अबैध कपडा बिर्तामोड तथा भद्रपुरको आउने गरेको छ । सो नाकाबाट केशर राजवंशी र तिलक नाम गरेका तस्करहरुको समूहले सशस्त्र प्रहरीकै सहयोगमा सामानहरु भित्र्याउने गरेको अनुसन्धानमा देखिएको हो ।

त्यस्तै झापाको पुरानो बजार झापाबाट पनि त्यतिकै परिमाणमा सामान भित्रने गरेको अनुसन्धानले देखाएको छ । सो नाकामा पनि इम्रन र विपिन नाम गरेका तस्करहरुको समूहले प्रहरी कै मिलेमतोमा सामानहरु पैठारी गर्ने गरेका छन् ।

उता पुर्वको मुख्य भन्सार कार्यालय रहेको काँकडभिट्टा नजिकै रहेको नकलबन्दाबाट पनि दैनिक लाखौंको सामानको अबैध पैठारी भैरहेको भेटिएको छ । सो नाकाबाट भीम कुँवर र प्रदिप राजवंशी नाम गरेका तस्करहरुको समूहले प्रहरी कै सहयोगमा दैनिक २ गाडी सामानहरु भित्र्याउने गरेका छन् ।

यी सबै नाकाहरुबाट प्रायः रातीको समयमा विभिन्न किसिमका कस्मेटीक समानहरु तथा कपडाहरुको सशस्त्र प्रहरी कै सहयोगमा पैठारी हुने गरेको छ ।

डिआइजी गिरीको संयोजनमा तस्करी

स्करहरुको मिलेमतोबाट बोर्डर आउट पोस्टको जिम्मा पाएको सशस्त्र प्रहरीले लाखौं रुपैयाँ असुल्ने गरेको स्रोत बताउँछ । सशस्त्र प्रहरीको १ नं. प्रदेशका डिआइजी कमल गिरीले जिल्लाको सशस्त्र प्रहरी प्रमुखको समानान्तर हुनेगरि बोर्डरमा तस्करहरुसँग रकम असुल्नको लागि सशस्त्रका असइ रमेश कुँवर र हल्दार प्रदिप कार्कीलाई खटाएको स्रोतको दाबी छ ।

हवल्दार कार्की गिरीका नातेदार हुन् । असइ कुँवर र कार्कीलाई तस्करहरुसँग रकम असुल्नकै लागि डिआइजी गिरीले खटाएको प्रहरी स्रोतले जनाएको छ । त्यस्तै अवस्था मोरङ र सुनसरीमा पनि छ ।

मासिक करोडौं कमिसन पुग्छ सशस्त्रका डिआजीलाई

कोरोना महामारी सुरु भएयता झापा, मोरङ तथा सुनसरीका मुख्य भन्सार नाकाहरु बाहेकका कुनै पनि छोटी भन्सारहरु सञ्चालनमा छैनन् । छोटी भन्सार नाकाहरु सञ्चालनमा नहुँदा त्यो ठाउँमा राज्यको उपस्थिति भनेकै सशस्त्र र जनपथ प्रहरीहरु हुन् ।

तर, तिनै सरकारी निकायहरुकै मिलेमतोमा करोडौं रुपैंयाँ बराबरको मालसमान आयात–निर्यात भैरहेको छ । त्यसबापत करोडौं रुपैयाँ अबैध ढंगले सशस्त्र प्रहरीको नेतृत्व गरिहेकाहरुले नै कुम्ल्याउने गरेको सशस्त्र प्रहरीका एक अधिकारीले संसार न्युजलाई बताए । त्यसका लागि स–शस्त्रका डिआइजीले आफ्ना मान्छे मुख्य भन्सार नाकामा खटाएका छन् ।

यस बारेमा बुझ्न खोज्दा सशस्त्र प्रहरीको १ नं. प्रदेशका प्रमुख डिआइजी कमल गिरी सम्पर्कमा आउन चाहेनन् । त्यसपछि हामीले सशस्त्र प्रहरीका प्रबक्ता डिआइजी मन्दिप श्रेष्ठसँग पनि सम्पर्कको प्रयास गरेका थियौं उनी पनि सम्पर्कमा आउन चाहेनन् ।

नाकामा प्रहरीको बद्मासी भेटीए कार्बाही गर्छौंः गृह प्रवत्ता

सीमा सुरक्षामा खटिएको प्रहरीले बद्मासी गरेको पाइए कारबाही गर्ने गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणी पोख्रेलले बताएका छन् ।

सीमा नाकाहरुबाट निर्वाद रुपले प्रहरी कै मिलेमतोमा समानहरु आयात भैरहेको छ नी भन्ने हाम्रो जिज्ञासामा सत प्रतिशत तस्करी नियन्त्रण गर्न कठिन हुने बताउँदै पोख्रेलले भने, ‘हामी सबैको प्रयासले तस्करी न्यूनीकरणले हुने हो । त्यसमा सबैको सहयोग जरुरी छ ।’

(यस खाेजसँग सम्बन्धित अन्य रिपाेर्टहरू क्रमशः प्रकाशित गरिनेछ ।)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा