काठमाडौं । पछिल्लो २४ घण्टामा ४१६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा गरिएको १२ हजार ४०२ नमुना परीक्षणमा ४१६ जनामा संक्रमण पुष्टि भएको छ ।
आज थपिएका ४१६ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख १२ हजार १७४ पुगेको छ ।
त्यस्तै आज निको भएका २७० जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ९८ हजार ५४४ पुगेको छ । निको हुनेको यो संख्या ९७.७ प्रतिशत हो ।
त्यसैगरी आज १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयद्धारा जारी तथ्यांकमा उल्लेख छ । आज थपिएका १ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४७८ पुगेको छ ।
हाल देशैभरी ७ हजार ३११ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ६ हजार ७७९ जना होम आइसोलेशनमा रहेका छन् भने ५३२ जनाको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ । साथै हाल २२५ जना आइसीयु र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा देशैभरी ७४ हजार ४५२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको पनि स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ ।
वि.सं.२०७८ कात्तिक २९ सोमवार १६:५२ मा प्रकाशित






























