back
CTIZAN AD

कोरोनाबाट आज ३०६ जना संक्रमित, ३४८ जना संक्रमणबाट मुक्त

वि.सं.२०७८ कात्तिक २८ आइतवार

750 

shares

काठमाडौं । नेपालमा पछिल्लो केही साता यता कोरोनाबाट संक्रमित हुने भन्दा निको हुनको संख्या बढिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा ९६०६ नमुना परक्षिणमा ३०६ जना संक्रमित भएका छन् भने ३४८ जना निको भएका हु्न् । मन्त्रालयको विवरण अनुसार आज संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी हो ।

आज थपिएका ३०६ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ११ हजार ७५८ पुगेको छ ।
त्यस्तै आज निको भएका ३०६ जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ९८ हजार २७४ पुगेको छ । निको हुनेको यो संख्या ९७.७ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयद्धारा जारी तथ्यांकमा उल्लेख छ । आज थपिएका ६ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४७७ पुगेको छ ।

हाल देशैभरी ७ हजार २१५ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ६ हजार ६९९ जना होम आइसोलेशनमा रहेका छन् भने ५१६ जनाको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ । साथै हाल २२२ जना आइसीयु र ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । शनिवारको तुलनामा आइतवार आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या केही बढेको हो ।

नेपालमा हालसम्म पछिल्लो २४ घण्टामा देशैभरी १५ हजार ९०६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको पनि स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ ।

वि.सं.२०७८ कात्तिक २८ आइतवार १६:१५ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...