back
CTIZAN AD

एनआरएनएको ‘अरनिको अन्तराष्ट्रिय पुरस्कार’ लेखक हरि अधिकारीलाई प्रदान

वि.सं.२०७८ कात्तिक २८ आइतवार

954 

shares

काठमाडौं । गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिले यसैवर्ष स्थापना गरेको ‘अरनिको अन्तराष्ट्रिय पुरस्कार’ लेखक हरि अधिकारीलाई प्रदान गरिएको छ ।

शताब्दी पुरुष सत्यमोहन जोशीको निवास ललितपुरको, बखुम्बहालस्थित लोकसाहित्य भवनमा शनिवार आयोजित एक कार्यक्रमका बीच अरनिकोको सम्मानमा स्थापित ‘अरनिको अन्तराष्ट्रिय पुरस्कार’ लेखक अधिकारीको ‘संकलित गद्य रचना २०७७’ कृतिलाई प्रदान गरिएको हो ।

May be an image of 6 people, people sitting and people standing

एनआरएनएकमा अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष जिवा लामिछाने, उपाध्यक्ष रविना थापा, साहित्यकार नयनराज पान्डेय तथा साहित्यकार, पत्रकार एबम एनआरएन प्रतिनिधिहरुको उपस्थितिमा आयोजित उक्त सम्मान कार्यक्रममा भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिका संयोजक हिक्मत थापाले अधिकारीलाई दुइ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

May be an image of 7 people, people standing and text that says 'H कलाकार अरनिको ARNIKD'

उक्त कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले लेखक अधिकराीलाई प्रमाणपत्र दिँदै कलाकार अरनिको नै पहिलो एनआरएन भएको बताए । शताब्दि पुरुष जोशीले अरिनकोको नाममा साहित्यिक पुरस्कार राखेर गैरआवासीय नेपाली संघले निकै उदाहरणीय कार्य गरेकोमा प्रशंसा समेत गरे ।

May be an image of 5 people, people sitting and people standing

सोहि कार्यक्रममा एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेले विदेशमा बसेर साहित्य सिर्जनामा लागिपरेका नेपाली स्रष्टाहरूका लागि पुरस्कार स्थापना गरिएको बताउँदै पुरस्कार रकममा बृद्धि गर्दै लैजाने जानकारी समेत दिए ।

त्यस्तै साहित्यकार नयनराज पाण्डेयले अमेरिका बस्दै आएका लेखक अधिकारीका कविताहरु चोटिला छन् निबन्ध पनि उत्तिकै खरो रहेको भन्दै प्रसंसा गरेका थिए ।

वि.सं.२०७८ कात्तिक २८ आइतवार १५:१९ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...