मुस्ताङ । मु्स्ताङमा हिउँ पहिरोमा परेर ९ जना घाईते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ को माथिल्लो थापँलामा ११ बजेर ४० मिनेटमा गएको उक्त हिउँपहिरोबाट बच्न भाग्ने क्रममा एक शिक्षक र विद्यार्थी गरि ९ जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका इन्सपेक्टर प्रताप पौडेलले माथिबाट हिउँ पहिरो खसेको र त्यसको बेगका असर वस्तिमा परेका कारण मानिसहरु आत्तिएर भाग्दा सामान्य घाईते भएको संसारन्युजलाई जानकारी दिएका छन् ।
‘हिउँ पहिरो कहाँ खसेको हो भन्ने यकिन भइसकेको छैन । पहिरोको वेगका कारण वस्तिमा सामान्य असर गरेको र मानिसहरु के भएको हो भनेर भाग्दा हताहत भएको हो त्यस्तो धेरै क्षति भएको छैन ।’
हिम पहिरोमा परी स्थानीय भीम थकाली, रचेन्द्र गौचनको चौरी हराएको बताइएको छ ।
वि.सं.२०७८ कात्तिक २८ आइतवार १४:४६ मा प्रकाशित





























