back
CTIZAN AD

बार एशोसिएशनको आन्दोलनलाई बिथोल्न आउने ५० जना पक्राउ

वि.सं.२०७८ कात्तिक २८ आइतवार

726 

shares

काठमाडौं । नेपाल बार एशोसिएशनको आन्दोलनलाई विथोल्न परिचालन भएका करिब ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको समर्थन गर्दै बार एशोसिएशनको आन्दोलनलाई उनीहरुले विथोल्न खोजेका थिए ।

आइतबार बारको आन्दोलनलाई विथोल्न दुई वटा समूह सडकमा देखिएका थिए । उनीहरुले बार एशोसिएशनले धर्ना दिइरहेकै नजिक प्रधानन्यायाधीशको समर्थनमा नाराबाजी गरेका थिए ।

जसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप पनि भएको थियो । झडपमा केही प्रदर्शनकारी घाईते भएको प्रहरीले जनाएको छ ।
यसैबीच नेपाल बारको आन्दोलन दबाउन प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जवराले भाडाका गुण्डा र भिजलान्ते प्रयोग गरेको आरोप कानुन व्यवसायीले लगाएका छन् ।

प्रधानन्यायाधिश जवराको राजीनामाको माग गर्दै सर्वोच्च प्रवेश गर्न नदिन भन्दै आइतवार सर्वोच्चको प्रांगढमा भइरहेको कानुन व्यवसायीको धर्नाका बीच केही युवाहरुको समुहले जवराको पक्षमा नारा लगाउँदै निशेधित क्षेत्रमा प्रवेश गरेपछि बारले जवराले भिजलान्ते र गुण्डा प्रयोग गरेर आन्दोलन दवाउन लागेको आरोप लगाएका थिए ।

उनीहरुले भ्रष्टाचार गरेको रकम प्रयोग गरेर आन्दोलन दवाउन खोजेको आरोप लगाउँदै भने–आज देखिहाल्नु भयो नि तपाईहरुले न्यायाधिश जबरा गुण्डाहरुका पनि नाइके हुन् ।’

कानुन व्यवसायीले आन्दोलनको रुप परिवर्तन भएको र आज सर्वोच्च प्रगंढमा बसेर धर्ना दिइएको तर प्रहरीहरुको गस्तीले मूलगेटबाट अर्को गेटमा रोकेका अवस्थामा प्रधानन्यायाधिश चोर बाटोबाट गएको र त्यसको कुनैपनि मान्यता नहुने उनीहरुले बताए ।

वि.सं.२०७८ कात्तिक २८ आइतवार १४:१० मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...