काठमाडौं । नेपाल बार एशोसियशन र नागरिक समाजले आज सर्वोच्च अदालतको ढोकादेखि बालुवाटारसम्म मार्चपास गरेको छ ।
प्रधानन्यायाधिश चोलेन्द्र सम्शेर जवराको राजीनामाको माग गर्दै लामो समयदेखि आन्दोलनरत कानुन व्यवसायी र नागरिक समाजका अभियन्ताहरु र पत्रकार महासंघ लगायतले आज २ बजे पश्चात सर्वोच्च अदालतको ढोकादेखि सिंहदरवार हुँदै बालुवाटारसम्म मार्चपास गरेका हुन् ।

उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड तथा ब्यानर सहित मार्चपास गरेका थिए । उनीहरुले न्याय किनबेच बन्द गर ! , प्रधानन्यायधिसको वहिर्गमन, जनता चाहन्छ विचौलियाराजको अन्त्य लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरुले प्रधानन्यायाधिश जवराको विरुद्घमा विभिन्न नारा लगाएका थिए । साथै उनीहरुले पापड एकता जिन्दावाद, हामीहरु जान्दैनौ चोलेन्द्रलाई मान्दैनौ जास्ता नारा समेत लगाएका थिए ।

मार्चपासका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत बारका अन्य पदाधिकारी लगायत जेष्ठ नागरिकहरु अग्र पंतीमा रहेका थिए ।

वि.सं.२०७८ मंसिर ९ बिहीवार १८:१४ मा प्रकाशित






























